• मुख्यमन्त्रीका लागि दावी पेस गर्न आह्वान

    २७ श्रावण २०७८, बुधबार

    लुम्विनी प्रदेशका मुख्यमन्त्री संकर पोखरेलको राजिनामा स्विकृत भए संगै मुख्यमन्त्री नियुक्त गर्ने प्रयोजनका लागि दावी पेस गर्न आह्वान गरिएको छ।
    प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेश सभा सदस्यलाई दावी पेस गर्न आव्हान गरेका हुन् । मुख्यमन्त्री शंकर पोखरेलले संविधानको धारा १६९ को उपधारा १ को खण्ड क बमोजिम मुख्यमन्त्री पदबाट दिएको राजीनामा स्वीकृत भएकोले नयाँ मुख्यमन्त्रीका लागि प्रदेश प्रमुखको कार्यालयबाट विहिबार अपरान्ह तीन बजेभित्र दावी पेस गर्न प्रदेश सभामा प्रतिनिधित्व गर्ने सवै दलहरुलाई आह्वान गरिएको हो ।
    उनलाई आजको सभामा अविश्वासको प्रस्ताव पेश गर्ने सुईको पाएपछि उनले राजिनामा दिएका हुन् ।

    फेसबुक प्रतिक्रिया