• अधिकांश जिल्लामा जोखिमका बिच खुकुलो निशेधाज्ञा, भौतिकरुपमा पठनपाठन नगराउन सरकारको निर्देशन

    २ श्रावण २०७८, शनिबार

    गृह मन्त्रालयले ५८ वटा जिल्लामा निषेधाज्ञा केही खुकुलो बनाउँदै थपेको जानकारी दिएको छ ।

    गृह मन्त्रालयका उपसचिव एवं सूचना अधिकारी खुमकान्त आचार्यका अनुसार ५८ जिल्लामा निषेधाज्ञा थप गरिएको र १९ जिल्लामा निषेधाज्ञा हटाइएको छ । तर, लामो दूरीको यातायातको सम्बन्धमा अहिले खुलिसकेको अवस्था नरहेको उनले बताए ।

    काठमाडौं उपत्यकामा जिल्ला प्रशासनको पास बनाएर लामो दूरीका सार्वजनिक यातायात काठमाडौं आउन पाउने भएको छ । बिहीबार बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सो निर्णय गरेको हो ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार देशभर १४ हजार १८२ जनाको कोरोना परीक्षण गर्दा दुई हजार ९३६ जनामा सङ्क्रमण पुष्टि भएको छ । साथै, ४३ जनाको मृत्यु भएको छ भने एक हजार ७७५ जना सङ्क्रमण मुक्त भएको तथ्याङ्कले जनाएको छ ।

    असार अन्तिमदेखि कोरोना सङ्क्रमण दर घट्दै गएका कारण अहिले अधिकांश जिल्लामा निषेधाज्ञा खुकुलो पार्दै लगेको सूचना अधिकारीले आचार्यले बताए ।

    गत वैशाखबाट नेपालका ७७ वटै जिल्लामा शुरुभएको निषेधाज्ञा अहिले ५८ जिल्लामा मात्र लागू भएको छ । जसमा बाँके, सुर्खेत, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, रुपन्देही, बागलुङ, बर्दिया, सल्यान र डडेल्धुरामा जिल्लामा निषेधाज्ञा जारी छ ।

    यसैगरी, झापा, मोरङ, गुल्मी, प्यूठान, काभ्रेपलाञ्चोक, गोरखा, उदयपुर, पर्वत, मकवानपुर, कालिकोट स्याङ्जा रामेछाप, नुवाकोट, धनुषा, अर्घाखाँची, बैतडी, महोत्तरी, डोटी नवलपरासी पूर्व, म्याग्दी, मुगु, तनहुँ, सिरहा, नवलपरासी पश्चिम, इलाम, सिन्धुपाल्चोक र धनकुटामा पनि निषेधाज्ञा लागू छ ।

    त्यस्तै, अछाम, हुम्ला, धादिङ, रौतहट, संखुवासभा, सर्लाही, सिन्धुली, ओखलढुंगा, पाँचथर, सोलुखुम्बु, तेह्रथुम जिल्लामा निषेधाज्ञान थप गरिएको गृहमन्त्रालयद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।
    गृह उपसचिव एवं सूचना अधिकारी खुमकान्त आचार्यले यी जिल्लाबाहेक अन्य जिल्लामा निषेधाज्ञा हटाइएको जानकारी दिए ।
    निशेधाज्ञा खुकुलो हुँदै गए संगै जनजिवन बिस्तारै सामान्य हुँदै गएपनि कोरोनाको जोखिमता भने कम नभएको सरोकारवालाहरुले बताएका छन् । भौतिक दुरी कायम गर्न, मास्क प्रयोग गर्न, उपलब्धताका आधारमा भ्याक्सिन लगाउन, र संकास्पद अवस्था हुनासाथ कोरोना परिक्षण गराउन र आफुलाई आईसोलेटेड गराउन बिज्ञहरुको सुझाव छ । अझ नया भेरियन्टको त्रास कायमै रहेकाले थप सजगता अपनाउनु पर्ने उनिहरुको सुझाव छ ।
    बालबालिकाका लागी अनलाईनबाटै पनपाठन गराईरहेका बेला नेपाल शिक्षक महासंघले भन कोरोना संक्रमण दर बिस्तारै घट्दै गए विद्यालयहरु प्रत्यक्ष रुपमै खोल्नुपर्ने बताएको छ भने सरकारले बालबालिकाका लागी खोप समेत नलगाएको परिप्रेक्षमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले भने अहिले नै विद्यालय प्रत्यक्ष रुपमा खोल्न नसकिने बताएको छ ।

    फेसबुक प्रतिक्रिया