• नेकपा (एमाले)स्थायी कमिटी बैठक सम्पन्न, कार्यदल भङ्ग

    १ श्रावण २०७८, शुक्रबार

    नेकपा (एमाले)स्थायी कमिटी बैठक सकिएको छ । बैठकले कार्यदलले गरेको १० बुँदे सहमति अनुमोदन गर्दै कार्यदलमा सहभागी सदस्यहरुलाई धन्यवाद दिँदै कार्यदल भङ्ग गर्ने निर्णय गरेको छ ।

    ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको सभाकक्षमा बसेको बैठकले सो निर्णय गरेको हो । पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीका अनुसार कार्यदलले आफ्नो जिम्मेवारी सफलतापूर्वक वहन गरेकोमा धन्यवाद दिने निर्णय पनि एमालेले गरेको छ । पार्टी एकताका लागि अधिकतम लचकता अपनाउने काम भएकोबारे जानकारी दिदै प्रवक्ता ज्ञवालीले सहमतिको दस्तावेज सिर्जनात्मक र रचनात्मक रुपले कार्यान्वयनमा लैजाने निर्णय गरेको छ ।

    फेसबुक प्रतिक्रिया