• गठबन्धनसंग साथ नरहन सक्ने माधवको अभिव्यक्ती

    २९ असार २०७८, मंगलवार

    नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले आफू पार्टी एकताका लागि प्रतिवद्ध रहेकाले सधैं विपक्षी गठबन्धनमा रहन नसक्ने बताएका छन् । सर्बोच्च अदालतको परमादेशपछि सोमबार साँझ कोटेश्वरस्थित विपक्षी गठबन्धनको बैठकमा धारणा राख्नुहुँदै नेपालले सो कुरा बताएका हुन् ।

    अहिलेसम्म यो गठबन्धनलाई हाम्रो साथ सहयोग रह्यो, अबका दिनमा गठबन्धनमा साथ नरहन सक्छ, एमालेलाई एकतावद्ध बनाउने अभियान शुरुभइसकेकाले एमालेमै रहेर पार्टीको निर्णयअनुसार अघि बढ्ने नेता नेपालले बैठकमा बताएका बैठकमा सहभागी नेता रघुजी पन्तले बताए।

    नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि एक महिनापछि प्रतिनिधिसभाबाट विश्वासको मत लिने बेलामा पार्टीको निर्णयअनुसार अघि बढ्ने नेता नेपालले बैठकमा भनेको नेता पन्तले बताए । एमालेलाई एकतावद्ध बनाउने गरी कार्यदलले सहमति गरिसकेको र पार्टीलाई विधि पद्धतिअनुसार अघि बढाउन आफ्नो भूमिका एमालेभित्र रहने नेता नेपालले बैठकलाई जानकारी गराएका थिए ।

    फेसबुक प्रतिक्रिया