• फेसबुकमा मानव तस्कर सक्रीय, जालो कम्बोडिया सम्म

    २४ असार २०७८, बिहीबार

    फेसबुकको चिनजानले कसैको जिवनमा कति सम्म नराम्रो असर गर्न सक्छ, के तपाँई कल्पना गर्न सक्नु हुन्छ?
    फेसबुक लगायतका सामाजिक सञ्जालमा गलत नियत भएका र मानव तस्करहरु सल्वलाईरहेका हुन सक्छन्, यस्तै तस्करको जालमा एक महिला परेकी छिन् ।
    उनलाई फेसबुकबाट चिनजान गरी एक महिलालाई गिरोहले कम्बोडिया पुर्याएर बिक्री गरेको पाइएको छ ।
    कन्सट्रक्शन तथा व्यापारको काममा रु एक लाख मासिक तलब पाउने आश्वासन दिएर धनकुटाका ३५ वर्षीय किसान राईको संलग्नतामा बेचबिखन गरिएको प्रहरीको आरोप छ । उनले पीडितसँग रु चार लाख ५० हजार लिई काठमाडौँबाट काँकडभिट्टाबाट भारतको आसाम, नागाल्याण्ड, ग्वाटी हुँदै मनिपुर पुर्याएका थिए । त्यसपछि पैदलै म्यान्माको नाकाबाट थाइल्याण्ड प्रवेश गराई कम्बोडिया पुर्याएको खुल्न आएको प्रहरीको मानव बेखबिखन ब्यूरोले जनाएको छ ।

    उनीहरुले चिनियाँ नागरिकलाई खाना पकाउने र घर सफा गर्ने भनी झुक्याएर यौन शोषण गर्ने गरी बेचबिखन गरेको भन्ने पीडितको जाहेरीका आधारमा ब्यूरोले फरार रहेका उनलाई पक्राउ गरेको हो । मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसारको मुद्दामा अनसुन्धान भइरहेको प्रहरी उपरीक्षक अनुराग कुमार द्विवेदीले जानकारी दिए ।
    अहिले फेसबुक,टिकटक जस्ता सामाजिक सञ्जालको असुरक्षित प्रयोगले यौन शोषण, अपहरण, मानव बेचविखन तथा अनलाईन यौन दुरुत्साहन जस्ता घटना बढिरहेको भन्दै सरकार तथा सरोकारवालाहरुले सुरक्षित अनलाईन प्रयोगका बिषयमा चेतना फैलाउनु पर्ने अधिकारकर्मी चरिमाया तामांगले बताईन् ।

    फेसबुक प्रतिक्रिया