• सावधान!, खकुलो निषेधाज्ञाले पुनः बढाउदै छ संक्रमण

    २३ असार २०७८, बुधबार


    आशालाग्दो कमी आएको कोरोना संक्रमण निषेधाज्ञा खुकुलो भएसँगै बढ्न थालेको छ । काठमाण्डौका विभिन्न अस्पतालहरुले जनाए अनुसार सरकारले निषेधाज्ञा खुकुलो पारेसँगै कोरोना संक्रमितको संख्यामा वृद्धि भइरहेको छ ।

    वीर अस्पतालमा पनि पछिल्लो समय उपचारका लागि आउने कोरोना संक्रमितको संख्यामा वृद्धि हुँदै गइरहेको छ । वीर अस्पतालअन्तर्गतको कोभिड १९ युनिफाइड अस्पतालका प्रमुख डा। जागेश्वर गौतमका अनुसार पछिल्लो एक सातालाई हेर्ने हो भने कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ । पछिल्लो साता सरकारले निषेधाज्ञा खुकुलो बनाउने लग्ने निर्णय गरेका कारण पनि कोरोनका संक्रमितहरुको संख्ष्या बढ्दै गएको हुन सक्ने उनको भनाई छ । अहिले आफूहरुसँग ८२ जना कोरोनाका सक्रिय संक्रमितहरु रहेको जसमध्ये आईसियूमा २२ जना , भेन्टिलेटरमा चार जना उपचाररत रहेको उनले बताए ।

    पछिल्लो २४ घण्टामा थप दुई हजार ७७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण २८ जनाको मृत्यु भएको छ । योसँगै नौ हजार २९१ जनाको मृत्यु भैसकेको छ ।

    पछिल्लो २४ घण्टामा एक हजार ३३३ जना सङ्क्रमणमुक्त भएका छन् । अहिलेसम्म ९४.४९ प्रतिशत सङ्क्रमणमुक्त भएका छन्

    फेसबुक प्रतिक्रिया