• एउटा पिडाको आगो ओकल्ने कविता

    ९ असार २०७८, बुधबार

    .

    .

    .

    सूचना ! सूचना! सूचना!

    उनिहरु

    बुझेर नी नबुझेझैं गर्छन्

    देखेर नी नदेखेझैं गर्छन्।

    सुनेर नी नसुनेझैं गर्छन्

    उनिहरु मुख मैथुन गर्छन

    अर्थात सन्तान

    मुखबाटै जन्मिनेमा विश्वास गर्छन्

    उनीहरु

    थेप्चो नाक

    चिम्सा आँखा

    कालो छालामा

    दैत्य देख्छन्।

    उनिहरु

    सुनपानी छर्किएर

    शिल्पी हातहरुको

    पसिना पिउँछन्।

    उनिहरु

    महिलाको शरीरलाई अपवित्र मान्छन्

    उनीहरु

    मान्छेको जात धर्म शुभ अशुभ सबै तय गर्छन् ।

    उनिहरु

    घाम पानी आकाश धर्ती सबै सबै

    आफ्नै हो भन्छन् ।

    कृपया!

    यस्ता लक्षण भएका रोगीहरु

    कहीकतै भेटेमा वा देखेमा

    तुरुन्त खवर गर्नुहोला ।

    हामी

    देशका कुना कुनामा

    मनुरोगीहरुको निशुल्क उपचारको अभियानमा छौं

    -उन्मुक्त अभियान !

    (साहित्यकार केवल बिनावि जातिय दलन बिरुद्ध क्रान्तीकारी बिचार ओकल्छन् ।)

    फेसबुक प्रतिक्रिया