• अमेरिका पुगेर महाबिर पुनको एक महिना

    ९ असार २०७८, बुधबार


    माहाबिर पुन राष्ट्रिय आविष्कार केन्द्र मार्फत देश र जनताका लागी अहोरात्र खटिईरहेका छन् ।

    हाल अमेरिकामा रहेका पुनले अमेरिकामा नेपालिहरुलाई प्रेरणादायी प्रवचन दिने र बिभिन्न सकारामक उर्जालाई भित्राउने मेसो गरिरहेका छन् । उनले आफ्नो एक महिनामा भएको प्रगतीलाई सामाजिक सञ्जालमा सेयर गरेका छन् । उनले भनेका छन्, ‘म जस्तो हावादारी मुन्छे अमेरिका आएको र अमेरिकाको हावा खाएको पनि ठिक एक महिना भएछ। एक महिनामा १५ वटा राज्यहरुको २८ वटा शहरहरुमा गएर २८ ओटा भाषण गरियो। अझै १३ वटा राज्यहरुको २४ वटा शहरमा गएर २४ वटा भाषण गर्नु ता बाँकी नै छ। अब अमेरिका बसाई १८ दिन बाँकी छ।
    अमेरिकामा पनि म जस्तो ‘मुर्ख मान्छेहरु’ धेरै नै रहेछन भन्ने कुरा थाहा भयो। किन भने म जस्तो मुर्ख मान्छेको दिक्क लाग्ने भाषण सुन्न भनेर निकै नै नेपालीहरु आए र राष्ट्रिय आविष्कार केन्द्रको बारेमा भएको अन्तरक्रिया कार्यक्रममा स्व-ईच्छाले भाग लिए। सबै सहभागी भाई बहिनीहरुलाई धेरै धन्यबाद छ। अब अरु राज्यहरुमा पनि मुर्ख बाणीूसुन्न आउनेहरुलाई स्वागत छ। प्रमाणको लागी केहि फोटा हरु यहाँ टाँसेको छु, धन्यबाद।’
    सामाजिक सञ्जालमा सक्रिय पुनले खरो प्रतिकृया दिने गरेका छन् ।

    फेसबुक प्रतिक्रिया