• उपप्रधानमन्त्री राजेन्द्र महतोलाई सिंहदरबार प्रवेश निषेध?

    ७ असार २०७८, सोमबार


    जनता समाजवादी पार्टीका नेता तथा उपप्रधानमन्त्री राजेन्द्र महतोलाई एउटा दलले सिंहदरबार प्रवेश निषेध भन्दै मूलगेटमै सूचना टाँसेको छ ।
    आज नयाँ पार्टी नेपालले महतोलाई सिंहदरबार क्षेत्रमा प्रवेश निषेध गरिएको सूचना टाँसेको हो । नयाँ पार्टी नेपालको छापसहित उनलाई नेपाली नागरिक हुँ भन्ने प्रमाण देखाउन चुनौती समेत दिइएको छ । सूचनामा भनिएको छ,‘नयाँ पार्टी नेपालले दिएको समयसिमा भित्र आफू नेपाली नागरिक हुँ भन्ने प्रमाण देखाउन नसक्ने कथित भारतीय नागरिक राजेन्द्र सुडी महतोलाई हालको लागि सिंहदरबार क्षेत्रमा प्रवेश निषेध गरिएको छ, क्रमश, देशभरि नै प्रवेश निषेध गरिनेछ ।’

    फेसबुक प्रतिक्रिया