• रोपाईँले कोरोना फैलाउन सक्ने चिन्ता

    ७ असार २०७८, सोमबार


    कोरोना घट्ला घट्ला जस्तो अवस्थामा आईपुग्दा रोपाईँको मेलो सुरु भएको छ ।
    रापाईमा एकै लहरमा रोपाहार र हलि र बाउसेको भिड जस्तै हुने मेला या रोपाईँ-स्थल कोरोना फैलाउने ‘हब’ पनि हुन सक्ने देखिएको छ ।गाँउमा रोपाईँमा सामाजिक दुरी कायम नगरी मास्कको र सेनिटाइजरको प्रयोगविना स्वास्थ्य सुरक्षाका मापदण्ड कसैले सोच्ने बिषय नभैदिँदा नियन्त्रणमा आएको कोरोना रोपाईँ संगै फैलन सक्नेमा स्वास्थ अधिकारीहरुको चिन्ता छ ।त्यती मात्र हैन दैलेखमा सुरु भएको रोपाईँमा भारतबाट फर्केका व्यक्ति कोरोना परीक्षणविनै र होम आइसोलेशनको बसाइँविनै सिधैँ खेतमा पुगी रोपाइँमा हली बाउसे बन्ने गरेको पाइएको छ । अहिले कसैलाई कोरोना सर्ने र त्यसले आफू थला परिएला वा ज्यानैसमेत लैजाला भन्ने भएको छ्रैन । बरु आफ्नो रोपाइँ कसरी निधोकै दिन गर्ने र समयमै भ्याउने भन्ने कुराको होडबाजी नै चलेको छ । र जिल्लामा कोरोना नियन्त्रण समितिको बैठक बसाली सम्भावित खतराबाट बचाउन के कस्ता उपाय र स्वास्थ्य उपचारका शैली अबलम्वन गर्ने भन्ने बारेमा सबै सरोकारबालासँग सुझाव लिने काम गरिने दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताए ।
    यस्तो रोपाईँको चटारो अब सबै तिर सुरुहुने र यस्तै अवस्था रहने हो भने रोपाईँकै बहानामा माहामारी फैलन सक्ने स्वास्थ अधिकारीहरु बताउछन् ।

    फेसबुक प्रतिक्रिया