• कोरोना संंक्रमण संग जुद्धै कलाकार बिशारद बस्नेत

    ३० जेष्ठ २०७८, आईतवार

    कलाकार तथा चलचित्र निर्देशक बिशारद बस्नेत अहिले कोरोना संक्रमण संग जुधिरहेका छन् । २३ मेमा उनले आफुलाई कोरोना संक्रमण भएपछि आफ्नो सम्पर्कमा आउनेहरुलाई आईसोलेटेड हुन आग्रह गरेका थिए । न्युमोनियाले च्यापेपछि उनलाई मेडिसिटि अस्पतालको आईसियुमा भर्ना गरिएको पारिवारिक श्रोतले बतायो ।
    बिशारदले मिस्टर भर्जिन, न यता न उता जस्ता चलचित्रलाई निर्देशन गरेका हुन् भने २ रुपैयाको भारतिय भिलेन उनको संझिराख्ने क्यारेक्टर हो साथै उनले सुश्री सम्पति, ताण्डब जस्ता चलचित्रमा समेत अभिनय गरेका छन् । उनले कोरोना संक्रमण बिरुद्ध बच्न सचेतनामुलक भिडियो समेत बनाएका थिए ।

    फेसबुक प्रतिक्रिया