• के अब फेरी लाग्ला त भगवानलाई मुद्धा ओ माई गड-२मा ?

    २९ जेष्ठ २०७८, शनिबार

    धर्म जस्तो संवेदनशील बिषयमा बने्को चलचित्र ओमाईगडले भगवानलाई हेर्ने नजर नै फरक बनाईदियो । अब यसको सिक्वेल ओ माई गड-२ बन्ने भएको छ ।
    अक्षय कुमार, परेस रावल, मिथुन चक्रवर्ती लगायतकाको मुख्य भुमिका रहेको ओमाईगडको सिक्वेलमा अक्षयका अलावा यामी गौतम पनि अटाउने भएकी छिन् । बलिउडमा सफल चलचित्र दिइरहेका नायक अक्षय कुमारको मुख्य भूमिका रहने चलचित्र ‘ओ माई गड २’मा यामीले काम गर्ने पक्का भएको छ ।

    चलचित्रमा अक्षय कुमार र कलाकार पंकज त्रिपाठीको मुख्य भूमिका रहनेछ । यामीको प्रवेशसँगै चलचित्रको टिमअप पुरा भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
    तर, यसपटक निर्देशक अमित रायले चलचित्रलाई फरक कथामा देखाउने तयारी गरेका छन् । चलचित्रको पर्दामा यामीले पहिलो पटक अक्षय कुमारसँग काम गर्न लागेकी हुन् ।

    फेसबुक प्रतिक्रिया