• भोटमा रजाँई गर्दै निर्लज्ज नेताहरुको खोपमा मनोमानी

    २७ जेष्ठ २०७८, बिहीबार


    राजनैतिक दलका नेतागणको नैतिकताको पराकाष्टा यो माहामारीमा झनै उदांगो देखिएको छ । जनताले आफनो भोटको ईज्जत रहने काम नगरेको आरोप लगाईरहेको अवस्थामा गण्डकी प्रदेशकी सभा सांसद प्रभा कोइराला लगायतका नेताले आफ्ना आफन्त र कार्यकर्तालाई बुधबार प्रदेश सभा भवन प्रांगणमा बिभिन्न बहाना परिवार, आफन्त र कार्यकर्तालाई समेत खोप लगाउन आफ्नो अख्तियारको दुरुपयोग गरेका छन् ।प्रदेश सभा सचिवालयको पहलमा दोस्रो डोज लगाउन बाँकी सांसद र स्वकीय सचिव, चालकलाई खोप बन्दोबस्त गरिएको थियो । तर सांसदले परिवारका सदस्य, आफन्त र कार्यकर्तालाई खोप दिलाएका छन् ।

    यो क्रममा नेपाली कांग्रेस सांसद मेखलाल श्रेष्ठ, माओवादी केन्द्रका सांसद रामजी बराल, कांग्रेस सांसद कोपिला बोहोरा,सांसद इन्द्रधारा विष्टमात्र हैन, सांसद डोबाटे विक, कुमार खड्का, धनञ्जय दवाडी, दीपक चर्तीमगर, दीपक कोइराला, मायानाथ अधिकारी मीना गुरुङ, महेन्द्रबहादुर थकाली, गायत्री गुरुङ, विनोद केसी, चन्द्रबहादुर बुढा, पियारी थापा, धनमाया लामा पोखरेल लगायतले परिवारका सदस्यलाई खोप दिलाए ।

    दोस्रो डोज लगाइसकेका सांसदले पनि आफन्त र कार्यकर्तालाई खोप दिलाए । अधिकांश सांसदले श्रीमती, छोरा, भाइ, सालासालीलाई स्वकिय सचिव बनाएका छन् । कतिपय सांसदले स्वकिय सचिव र हुँदै नभएको ड्राइभरको नाममा आफन्त र कार्यकर्तालाई कोरोना खोप दिलाएका छन् ।
    सांसद मात्र होइन, प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीले श्रीमती र छोरीलाई कोरोना खोप दिलाएको पाइएको छ ।प्रदेश सभा सचिवालयका अनुसार २६ जनाबाहेक सबै सांसदले यसअघि नै दोस्रो डोज खोज लगाइसकेका थिए । २६ जना सांसद, तिनका स्वकिय, चालक र कर्मचारी गरी ५६ जनालाई खोप लगाउन नाम टिपाइएको थियो ।तर, बुधबार ८७ जनाले खोप लगाए, जसमा पहिलो पटक खोप लगाउनेको संख्या ४२ छ ।जिल्ला जनस्वास्थ्य प्रमुख बाबुराम पौडेलका अनुसार लक्षित वर्गलाई छुट्याइएको खोपबाट सांसदहरुलाई व्यवस्था गरिएको बताए । कोरोनाका बिरामी हेर्न खटिएका र खोप लगाउन छुटेका स्वास्थ्यकर्मीका लागि दोस्रो डोजका लागि आएको खोपबाट सांसदलाई पनि दिइएको थियो । तर त्यसको दुरुपयोग भएको छ ।
    पहिलो डोज लगाएका चार सांसदमध्ये खिमविक्रम शाही र लक्ष्मी सुनारले बुधबार लगाए । सांसद पियारी थापा र हरिशरण आचार्यले अझै लगाएका छैनन् । हालै कोरोनामुक्त भएका कारण खोप नलगाएका हुन् ।
    दोस्रो डोज नलगाएका सांसदहरूले पनि लगाए । धेरैले चाहिँ परिवारका सदस्य, आफन्त र कार्यकर्तालाई खोप दिलाए ।

    फेसबुक प्रतिक्रिया