• गायीका सुनिता दुलालको फोटो सगरमाथामा

    २५ जेष्ठ २०७८, मंगलवार

    गायीका सुनिता दुलालको फोटो सगरमाथाको चुचुरोमा पुगेको छ ।


    सगरमाथा आरोही निमा ल्हामु शेर्पाले आफ्नी प्रिय गायीकाको फोटो भन्दै सगरमाथामा उक्त तस्विर संगैको आफ्नो रोमाञ्चक क्षण साटासाट गरिन् । उनले उक्त क्षणलाई संझदै भनिन्, ‘गायीका सुनिता दुलाल लोक संगीतको क्षेत्रमा सफल नाँउ हो, उनि मेरो आदर्श गायीका हुन्, उनका गितहरु सुनेर नै मैले आफूमा उर्जाहरु भर्दै आएकी हुँ र उनलाई भेटेपछी उनिप्रतिको सम्मान अझ बढेर गयो ।
    यहि कारणले नै मैले मे २१का दिन सगरमाथाको चुचुरोमा उनको फोटो लिएर पुगेकी हुँ।’
    निमाले फेसबुकमा गायीका दुलाललाई ट्याग गर्दै उक्त क्षण सेयर गरेपछी सुनिताले उनलाई समर्पण गर्दै धन्यवाद भनकी छिन् । उनले लेखेकी छिन्, ‘चुचरो चुम्ने रहर कल्लाई पो नहोला र, म अछुतो रहुँ । त्यो माथि विश्वकै सर्वोच्च शिखर सगरमाथा । कल्पना मात्र गर्दा समेत मनै रोमाञ्चित हुन्छ । जिवनै जोखिममा राखी कलिलो उमेरमै सगरमाथा चुम्ने निमा ल्हामु शेर्पाको बहिनीको अदम्य साहसप्रति नतमस्तक छु । उहाँको परिवारले यसैवर्ष एकै परिवारका धेरै ८ सदस्यले सगरमाथा चढ्ने किर्तिमान समेत बनाएको छ । तपाई र तपाईको परिवारलाई मुरी मुरी बधाई । आरोहणका क्रममा मेरो तस्बिर सर्वोच्च शिखरमा पुर्याएर तपाईले मलाई जिवनकै अमुल्य उपहार दिनुभएको छ । यसले मलाई जिवनमा थप अगाडि बढ्ने मात्र नभएर देश समाज, मेरा दर्शकश्रोताप्रति अझ बढी जिम्मेवार बन्ने हौंसला र प्रेरणा दिएको छ । खै कुन शब्दले धन्यवाद भनु, अत्यन्तै आभारी छु, निमा बहिनी । तपाईको जिवन सधै सगरमाथा झै उच्च र अट्ल रहोस् । शुभकामना ।’

    फेसबुक प्रतिक्रिया