• आजदेखि भेरोसेल खोप लगाइने

    २५ जेष्ठ २०७८, मंगलवार

    आजदेखि नेपालमा चीनले अनुदानस्वरुप दिएको भेरोसेल खोप लगाइने भएको छ । कोरोनाविरुद्ध खोप अभियानको नयाँ चरणमा काठमाडौं उपत्यकामा ६०–६४ वर्ष उमेर समूहका र अन्य जिल्लामा ६२–६४ वर्ष उमेर समूहका नागरिकलाई लगाइनेछ । 

    खोप शाखाका अनुसार खोप केन्द्र र खोप अभियानको समय देशका सबै जिल्लामा जिल्ला प्रशासन कार्यालयको संयोजकत्वमा रहेको कोभिड १९ विरुद्धको खोप समितिले तोक्ने व्यवस्था गरिएको छ।विशेष परिस्थितिमा कतिपय जिल्लामा अभियानको मिति घटबढ हुन सक्ने शाखाले जनाएको छ । शाखाले एकै दिन खोप अभियान सुरु गर्न निर्देशन दिएको बताएको छ । खोप शाखाका अनुसार नेपालमा ६०–६४ वर्ष उमेर समूहको जनसंख्या ८ लाख ५० हजार छ। एकजनालाई दुई डोज खोप दिनुपर्छ। चीनले दिएको १० लाख डोजले ५ लाख व्यक्तिलाई मात्र पुग्छ। त्यसमा पनि तिब्बतस्थित सीमा जोडिएका पालिकामा १८ वर्षमाथिकालाई समेत खोप दिने निर्णय भएको छ।

    फेसबुक प्रतिक्रिया