• १२ हजारको परीक्षणगर्दा तीन हजार ३७० सङ्क्रमित

    २४ जेष्ठ २०७८, सोमबार

    नेपालमा कोरोनाभाइरसका तीन हजार ३७० सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १२ हजार २ नमूनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।
    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी विवरण अद्यावधिक गर्दै नेपालमा कोरोना कुल सङ्क्रमित पाँच लाख ९१ हजार ४९४ जना पुगेको जनाएको छ । हाल नेपालमा ८५ हजार ५४४ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।
    मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा छ हजार ९५१ जना सङ्क्रमित निको भएका छन् । हालसम्म नेपालमा चार लाख ९७ हजार ९६० जना कोरोनामुक्त भएका हुन् । कोरोनाबाट निको हुने दर ८४.२ प्रतिशत पुगेको छ ।
    पछिल्लो चौबीस घण्टामा ९२ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुने सात हजार ९९० पुगेको छ ।

    फेसबुक प्रतिक्रिया