• सरेको सर्यै एमाले स्थायी कमिटी बैठक

    १७ जेष्ठ २०७८, सोमबार

     सोमबार बिहान ११ बजे बस्ने भनिएको एमाले स्थायी कमिटी बैठक स्थगित भएको छ । जेठ १६ गते साँझ ५ बजे बस्ने भनिएको बैठक जेठ १७ गते बिहान ११ बजे बस्ने भनिएको थियो, यो बैठक पनि स्थगित भएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी गराए । आज बस्ने भनिएको स्थायी कमिटी बैठक पुनः भोली जेठ १८ गते बिहान ११ बजे सरेको उनले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया