• गणतन्त्र दिवसमा केही गन्गन्

    १५ जेष्ठ २०७८, शनिबार

    हिजो “ज्ञाने चोर देश छोड” भनियो, कति गरेका र कति अनुमानको भरमा दोस लगाइयो । आज उनी यहिँ देशमा छन् तर देश अझै हाम्रो हुन सकेन या हामिले खोजेको जस्तो ब्यबस्था अझै पाएनौ? खासमा हामिले खोजेको के हो के हामिले थाहा पाएर परिवर्तन गर्यौ?
    हामिलाइ नाममा के तन्त्र छ ले केही फरक पर्दैन, यदि बिकास, समृद्धि (नाम सुन्दा नि कसैको पेवा हो कि जस्तो लाग्छ) पाउछौ भने राणा, देखि पन्चायत, बहुदलीय राजतन्त्र या लोकतन्त्र जुनसुकै ब्यबस्थाले पनि देश र जनताको कल्याण गर्छ !
    २१औ सताब्दिमा पक्कै कोहि पुस्त्यौनी मालिक हुनु सोभाजनक देखिन्न तर हामी आफ्नै मर्यादामा रहेर रास्ट्रनायक बन्न र चुन्न सक्ने अवस्थामा नरहेका भेडाहरुका लागि कोहि माटो कुरेर बसेको रखवाला हुनु जरुरी देखिन्छ !
    आफैमा आदर्श ब्यबस्था १४औं गणतन्त्र दिवस प्रधानमन्त्री, रास्ट्रपति, सरकार, प्रतिपक्षी दल र हुक्के, चिलिमेहरु भन्दा बाहेकका दुरदराजका जनताले पनि यसको सुगन्ध महशुस गर्न पाउन् भन्ने सुभकामना । (देवकी गौतम समसामयिक विषयमा कलम चलाउछिन्, बिचार उनका ब्यक्तिगत हुन् -सम्पादक । )

    फेसबुक प्रतिक्रिया