• जिग्रीले पत्ता लगाए “बिर्सने रोग”

    १२ जेष्ठ २०७८, बुधबार

    कुमार कट्टेल कलाकारिता क्षेत्रमा परिचित नाम हो । कुमारले आफ्ना दाजु सिताराम कट्टेल धुर्मुश र अन्य साथिहरु सङ्ग मिलेर सामाजिक कार्यमा समेत हात बढाइरहेका छ्न् । यिनै कुमार जिग्रीले आज देश कोरोनामय भएको बेलामा एउटा नौलो रोगको नाम दिएका छ्न् । उनको भनाइमा ” बिर्सने रोग “ नै देशको मुल समस्या हो भन्दै सामाजिक सञ्जालमा बिर्सने रोग दिर्घ रोग भएको बताए ।
    उनी लेेख्छ्न् “बिर्सनेे रोग घातक दिर्घ रोग हो,यो रोगले नेता र जनता दुबै ग्रसित छन ।

    यो रोग लागेपछी नेताहरुमा जनताका समस्याहरु बिर्सने , चुनावमा गरेका वाचाहरु बिर्सने ,ईमान्दारिता हराउने ,अक्सिजन नपाएर जनता मरेको नदेख्ने ,गरीब दुखी जनताको रोदन नसुन्ने , देश बेच्न मन लाग्ने, खाली कुर्सी मात्र देख्ने आदी लक्षणहरु देखा पर्दछ ।
    यो रोग लागेका नेताहरु भ्रष्टचारी , नालायक र देशद्रोही हुने गर्दछन ।

    त्यस्तै यो रोग लागेपछी जनताहरुमा नेताहरुले देशको लागी सिन्को पनि नभाचेको बिर्सेर मासु चिउरामा बिक्ने, चरम भ्रष्टचार गरेको बिर्सेर आमसभा जुलुसमा हिड्ने, नेता चुनाव जितेर गए पछी फर्केर पनि गाउमा नआको कुरा बिर्सेर मोटरसाईकल र्यालिमा हिड्ने ,महामारी र बिपत्तिमा देश लुटेको बिर्सेर पार्टिको झन्डा बोकेर हिड्ने , जनता बिर्सेर खाली कुर्सिको लागी मात्र झगडा गरेको बिर्सेर तेरो भन्दा मेरो पार्टी राम्रो भन्दै आफु आफुमा हानाहान गर्ने , आफ्नो स्वार्थको लागी देश बेचेको बिर्सेर चुनाव आएपछी फेरी ति नै नेताहरुलाई जिताउन हिड्ने आदी लक्षणहरु देखा पर्दछ ।

    उनी थप लेख्छ्न त्यसैले देश बचाउनु र बनाउनु छ भने बेलैमा “बिर्सने रोग “ को उपचार गरौ:
    बिर्सने रोग बाट बच्ने उपाय हरु-
    १ कार्यकर्ता हैन देश को जनता बन्ने
    २ पार्टिको हैन देश को झण्डा बोक्ने

    यती गरे पछी “बिर्सने रोग “ ठिक भएर “सम्झिने रोग “ लाग्न थाल्दछ र नेताहरुको सफल उपचार गर्न हामी सक्षम हुने छौ ।

    • “ बिर्सने रोग “ बाट आफु पनि बचौ र अरुलाई पनि बचाऔ ।” कुमारले माहामारिको यस्तो समयमा सरकार र राजनैतिक दलको बेवास्था र चरम लापरवाहीबाट आजित भएर “बिर्सने रोग”लाई उपचार गरि सम्झने स्थिती बनाउन आग्रह गरेका हुन ।
    फेसबुक प्रतिक्रिया