• हाँडिखोलाको तरकारीको सस्तो भाउले कृषक चिन्तीत

    २१ बैशाख २०७८, मंगलवार

    मकवानपुरको मनहरी गाँउपालिकाका किसान आफुले लगाएको तरकारी कौडीको भाउमा बेच्नु पर्दा चिन्तीत छन् ।
    मनहरी गाँउपालिका ३ दमारका कृषक जयराम गिरी आफुले लगाएको १० कठ्ठाको टमाटरले सुरुवातमा राम्रै पैसा आए पनि लकडाउनका कारण सस्तो मुल्यमा बेच्न बाध्य भएको बताए । १ क्रेट (२४ केजी) टमाटरको ३०० रुपैया भन्दा सस्तोमा बेच्नु परेको र त्यहि बेच्न समेत हम्मेहम्मे परेपछी मर्का परेको बताृछन् अर्का कृषक रामचन्द्र प्रजा ।
    हाँडिखोला मकवानपुरमै तरकारीको राम्रो पकेट क्षेत्र मानिन्छ । लकडाउनमा राम्रो ढुवानी र उपभोक्ता सम्म सहज आपुर्तीको व्यवस्था भैदिए उत्पादक र उपभोक्ता दुबैलाई राहत मिल्ने मनहरीका अगुवाहरु बताउछन् ।

    फेसबुक प्रतिक्रिया