• सामाजिक सञ्जालभर धरहरा

    १० बैशाख २०७८, शुक्रबार

    अन्ततः धरहरा ठडिएको छ ।
    बाहिरबाट ११ तलाको देखिने धरहराको भित्री संरचना २२ तलाको छ । १९९० सालको भुइँचालोअघि धरहरा ११ तलाको थियो । भुइँचालोले दुई तला भत्किएपछि ९ तलामा सीमित भएको थियो । प्राधिकरणका अनुसार धरहरामा दुई तला अन्डरग्राउन्ड बेसमेन्ट छ ।
    अहिले धरहराको सुन्दरता सामाजिक सञ्जालमा छरपष्ट छन् । र धरहराको बिषयलाई लिएर राजनैतिकरुपमा बिभाजित समुहहरुले आआफ्नै बिचारमा बधाई र आलोचनाका दिईरहेका छन् ।
    धरहराको टावरमा चढ्ने र ओर्लिने दुईतर्फी लिफ्ट हुनेछ । अहिले भग्नावशेष रहेको असली धरहराको भागलाई सिसाले ढाकेर संरक्षण गरेर राख्ने योजना छ । अहिले भने सिसाभित्र हालिएको छैन ।
    स्वाभिमान ठडिएको भन्दै कतिपयले प्रशंंसा गरेका छन् भने धरहरा भ्यु टावर जस्तो भएको र सरकार अत्यावस्यक निर्माणमा भन्दा भ्युटावर र धरहरा बनाएर आत्मरतीमा रमाएको भनेर आलोचना गरेका छन् ।

    फेसबुक प्रतिक्रिया