• भारतको उत्तर प्रदेशमा कोरोनाको कारण रात्रीकालीन कर्फ्यु

    ३० चैत्र २०७७, सोमबार


    नेपालसँग सीमा जोडिएको भारतको उत्तर प्रदेशमा कोरोना संक्रमण बढेपछि सबै विद्यालयहरु बन्द गरिएको छ । उत्तर प्रदेश सरकारले ३० अप्रिलसम्म विद्यालयहरु बन्द गराएको हो ।

    कतिपय जिल्लाहरुमा रात्रिकालीन कर्फ्युसमेत लगाइएको छ । दिनहुँ एक सयजना नयाँ संक्रमित फेला परेका वा पाँच सय सक्रिय संक्रमित भएका जिल्लाहरुमा रात्रिकालीन कर्फ्यु जारी गरिएको हो ।उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले राति ९ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु लागु हुने जानकारी दिएका छन् ।लखनउ, कानपुर, गोरखपुर, गौतमबुद्ध नगर, इलाहाबाद, मेरठ, गाजियावाद, बरेली र मुजफ्फरनगर जिल्लामा यसअघि नै रात्रिकालीन कर्फ्यु जारी गरिएको थियो ।यसअघि आठ कक्षासम्मका कक्षाहरु ११ अप्रिलसम्मका लागि बन्द गराएको उत्तर प्रदेश सरकारले सोमबारबाट सबै स्कुलहरु ३० अप्रिलसम्म बन्द गर्ने निर्णय गरेको हो ।

    सरकारले खुला स्थानमा हुने कार्यक्रमहरुमा एक सय जनाभन्दा धेरैलाई जम्मा हुन पनि रोक लगाएको छ । बन्द कोठाभित्र हुने कार्यक्रममा भने ५० जनाभन्दा धेरै उपस्थित हुन बन्देज लगाइएको छ ।

    फेसबुक प्रतिक्रिया