• मेलम्चीको पानी वितरणको उद्घाटन, पुर्व प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईलाई सम्झदै कांग्रेस

    २० चैत्र २०७७, शुक्रबार


    काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरणको उद्घाटन गरिएको छ ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपमा आयोजित कार्यक्रममा ढुंगेधाराबाट पानी खसालेर उद्घाटन गरिन् । त्यस क्रममा राष्ट्रपति भण्डारीले पानीको फोहोरोको पनि उद्घाटन गरेकी छन् ।सिन्धुपाल्चोकको मेलम्ची खोलाको पानी चैत १५ देखि काठमाडौंमा वितरण सुरु गरिएको छ ।
    हाल काठमाडौं उपत्यकाका १५ हजार घरधुरीमा परीक्षणका रुपमा पानी वितरण गरिएको मेलम्ची खानेपानी आयोजना विकास समितिका प्रमुख तिरेशप्रसाद खत्रीले जानकारी दिए ।मेलम्चीको पानी काठमाडौं उपत्यकाको चक्रपथभित्र वितरण हुने उनले बताए ।
    यता नेपाली कांग्रेसले मेलम्ची आयोजना सफल भएकोमा सन्त-नेता, पुर्व प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराई ‘किसुनजी’लाई स्मरण गर्दै योजनाअगाडी सार्ने कांग्रेस सरकार, कार्य अघि बढाउने पछिल्ला सरकारहरु, कर्मचारी, मजदुर, सिन्धुपाल्चोकबासी, सबैलाई धन्यवाद भन्दै होर्डींगबोर्ड टाग्ने र अडियो सामाग्री समेत तयार पारेको छ ।भिडियोमा अरु आवाज भने विभाग प्रमुख तथा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माको छ ।

    फेसबुक प्रतिक्रिया