• ‘थ्री नेशन्स कप’ फुटबल प्रतियोगिताको च्याम्पियन नेपाल

    १६ चैत्र २०७७, सोमबार

    नेपाल ‘थ्री नेशन्स कप’ फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । उपाधिको लागि भएको खेलमा बङ्गलादेशलाई २–१ ले हराउँदै नेपाल प्रतियोगिताको उपाधि जितेको हो । नेपालले ३७ वर्षपछि घरेलु मैदानमा ट्रफी उचाल्न सफल भयो । सन् १९९९ मा दक्षिण एशियाली फुटबल प्रतियोगितामा नेपाललाई हराएर बङ्गलादेशले ट्रफी उचालेको थियो । उक्त हारको बदला समेत नेपालले पुरा गरेको छ । प्रतियोगिताको ट्रफीसँगै नेपाल पाँच हजार अमेरिकी डलर पुरस्कारबाट पुरस्कृत भएको छ ।
    त्रिपुरेश्वरस्थित दशरथ रङशालामा सम्पन्न खेलमा नेपालका लागि सञ्जोग राई र विशाल राईले एक एक गोल गरे । सञ्जोगले १८ औं मिनेटमा पहिलो गोल गर्दै १–० को सुरुवाती अग्रता दिलाए । सञ्जोग अन्तर्राष्ट्रिय स्पर्धामा आफ्नो पहिलो गोल समेत पुरा गरे । थ्री नेशन्स कप फुटबल प्रतियोगितामै सञ्जोगले डेब्यु गरेका थिए । सुनिल बलको कर्नरमा सञ्जोगले डी बक्सभित्रबाट गको प्रहार गोलमा परिणत भयो । सञ्जोगकै गोलबाट नेपालले अन्तर्राष्ट्रिय स्पर्धामा गोलको खडेरीको समेत अन्त्य गर्न पुग्यो । लगातार आठ खेलपछि नेपालका लागि सञ्जोगले बङ्गलादेश बिरुद्ध पहिलो गोल गर्न सफल भए । विश्वकप २०२२ फुटबल छनौट प्रतियोगितामा चाइनिज ताइपेइ बिरुद्ध नेपालले २–० ले हराए यता कुनै गोल गर्न सकेको थिएन ।
    त्यसअघि, १७ औं मिनेटमा डिफेन्डर अनन्त तामाङको हेडरलाई बङ्गलादेशका अनिसुर रहमानले बचाए । १३ औं मिनेटमा सुनिल बलको क्रसमा त्रिदेव गुरुङले नियन्त्रणमा लिन नसक्दा बङ्गलादेशका डिफेन्डरले क्लियर गरी नेपाललाई सुरुवाती अग्रता बनाउनबाट रोकेका थिए ।
    ४२ औं मिनेटमा विशाल राईले गोल गर्दै नेपालको अग्रता दोब्बर गरे । रञ्जित धिमालको पासमा सञ्जोगले विशाललाई पास गर्दा उत्कृष्ट अन्त्य दिए ।
    पहिलो हाफमा २–० ले पछाडि परेको बङ्गलादेश खेलको उत्तराद्र्धतिर आक्रामक खेलेको थियो ।

    फेसबुक प्रतिक्रिया