• किन बढ्दै छन् कलाकार माथीको साईवर हमला?

    १३ चैत्र २०७७, शुक्रबार

    गायक सञ्जय श्रेष्ठलाई कलाकार सरोज खनालले फेसबुकमा पैसा मागेको कुरा सञ्जयले सार्वजनिक गरे ।
    बास्तवमा सरोज खनालले उनिसंग पैसा मागेका भने थिएनन् , सरोज खनालको फेसबुक अकाउन्ट ह्याक भएको कारणले ह्याकरले उनि संग पैसा मागेको थाहा भएपछी गायक श्रेष्ठले सवैलाई सजग रहन आग्रह गरेका हुन् ।

    ह्याक भएको खनालको एकाउन्टबाट प्रभु ब्यान्कमा रहेको किशोर शाहको एकाउन्टमा पैसा ट्रान्सफर गराउन मागेको देखिन्छ ।


    सञ्जयले पैसा मागेपछि सरोज खनाललाई सिधै फोन गरेर सोधेपछि ह्याक भएको घटना सार्वजनिक भएको हो । सरोज खनालले साइबर ब्युरोमा उजुरी दिएका छन् ।
    कलाकार माथिको साईवर आक्रमण बढिरहेको अवस्थामा कलाकार दिपक राज गिरी, बिशारद बस्नेत लगायतकाको फेसबुक आईडी ह्याक भएर यस्तै किसिमको घटना बाहिर आईरहेको छ ।

    फेसबुक प्रतिक्रिया