• प्रधानमन्त्री केपी शर्मा मल कारखाना खोल्न प्रतिवद्ध

    १२ चैत्र २०७७, बिहीबार

    प्रधानमन्त्री केपी शर्मा आजभोली रेल र जहाज पछि रासायनिक मलमा केन्द्रीत देखिएका छन् ।
    मल आपुर्ती असहज भैरहेको सन्धर्भमा स्वदेशमै कारखाना खोल्ने निष्कर्षमा प्रधानमन्त्री पुगेका छन् ।
    अर्थमन्त्री विष्णु पौडेल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र कृषि तथा पशुपन्छी विकास मन्त्री पद्‍मा अर्यालले हालै दिएको प्रतिवेदनमा नेपालमा मल कारखाना सञ्चालन गर्न सकिने र त्यसका लागि भारतबाट प्राकृतिक ग्याँस ल्याउने उल्लेख गरेका थिए । तर प्रधानमन्त्रीले कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बिहीबार गरेको कार्यक्रमम रासायनिक मल कारखाना खोल्न आवश्यक पर्ने बिजुली दिन तयार रहेको बताए ।

    नेपालमा केही वर्षमा विजुली खेर जाने स्थिति आउने तर भारतबाट प्राकृतिक ग्याँस ल्याएर मल कारखाना चलाउनु उचित नहुने विज्ञहरुले बताउँदै आएका छन् ।

    प्रधानमन्त्री ओलीले पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भर घोषणाले कृषि विकासको क्षेत्रमा मुलुक एक कदम अघि बढेको बताए । कुनै न कुनै क्षेत्रमा हरेक दिन एक कदम अघि बढ्ने सरकारी नीति अनुसार कृषि क्षेत्रमा नयाँ प्रगति जनतासामु ल्याइएको उनको भनाइ छ ।

    फेसबुक प्रतिक्रिया