• ‘अर्जुन रेड्डी’को नेपाली रिमेकका लागि अडिसन सम्पन्न

    १० चैत्र २०७७, मंगलवार

    दक्षिण भारतिय चलचित्र ‘अर्जुन रेड्डी’को नेपाली रिमेकका लागि काठमाण्डौमा अडिसन सम्पन्न भएको छ । अडिसनमा सय भन्दा बढी यूवायूवती सहभागी भएको निर्माणपक्षले जानकारी दिएको छ । काठमाण्डौमा भएको अडिसनबाट चलचित्रका मुख्य कलाकार छनोट गरी वर्कशप सुरु गर्ने निर्माणपक्षले बताएको छ । यो चलचित्रलाई विशाल सापकोटाले निर्देशन गर्दैछन् ।

    कुनै विदेशी चलचित्रको अधिकार नै लिएर बन्न लागेको पहिलो चलचित्रका लागि यूवायूवतीहरुमा उत्साह देखिएको छ । टिकटकमा अर्जुन रेड्डी बन्ने लहडनै देखिएको छ । बिशालले यस अघि सेल्फी किंगको निर्देशन गरेका थिए ।

    फेसबुक प्रतिक्रिया