• कृषा चौलागाँईको निर्देशनमा ऐना, टिजर सार्वजनिक

    १० चैत्र २०७७, मंगलवार

    चलचित्र निमात्री कृषा चौलागाँईको लामो समयको पर्खाई पछिको चलचित्र ‘ऐना’को टिजर सार्वजनिक भएको छ ।
    चलचित्र पलाँसको असफलता पछि निराष जस्तै बनेकी कृषाले यस चलचित्रमा आफैले निर्देशशनमा समेत हात हालेकी छिन् ।चलचित्रको टिजरमा बलिउड चलचित्र बर्फी स्टारर् भोला राज सापकोटा, सरिता गिरीको अभिनय रहने थाहा भएको छ । मेन स्ट्रिमका कलाकारबाट असफलता ब्यहोरेर सायद यस पटक उनले थियटर पृष्ठभुमीका कलाकारलाई रोजेको स्पष्ट हुन्छ ।

    ऐनाले कस्तो तस्विर र तक्दिर देखाँउछ त्यो त समयले नै बताउला, तर कृषा अनि यो चलचित्र टिमलाई सुभकामना ।

    फेसबुक प्रतिक्रिया