• सस्पेन्स–थ्रिलर फिल्म ‘ए’ को छायांकन प्रारम्भ

    ५ चैत्र २०७७, बिहीबार

    नयाँ नेपाली फिल्म ‘ए’ को छायांकन प्रारम्भ भएको छ ।

    विलभ्ड इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको यो सस्पेन्स–थ्रिलर फिल्मको शुभमुर्हतपछि छायांकन प्रारम्भ गरिएको हो ।मंगलबार बिहान कलाकार रवि गिरीले मुर्हत टेक दिएर प्रारम्भ भएको फिल्मको छायांकन काठमाडौं, बनेपा र साँगामा गरिने बताइएको छ ।यस फिल्मको मुख्य भूमिकामा प्रमोद अग्रहरी, सोहित मानन्धर, छुल्ठिम गुरुङ, रिस्ता बस्नेत तथा रवि गिरी छन् भने अन्य कलाकारमा प्रविण खतिवडा, सि।एम।भारद्वाज, बिकेश प्रजापति, सुरज विष्ट, समिक्षा क्षेत्री, अजित रेग्मी, विपिन कार्की र गिता विष्ट छन् ।बाल कलाकार जसिकाघिमिरे, अभिमानसिहं बस्नेत, प्रतिक भुजेल र रुपेश थापाले पनि फिल्ममा अभिनय गरिरहेका छन् ।यो फिल्मको पटकथा तथा संवाद भोमन कटुवाल र आकाश उखेडाको रहेको छ ।फिल्मको छायााकंन मोहनकुमार झिल्लुले गर्ने भएका छन भने सम्पषदन अनिलकुमार महर्जनको रहने छ ।यो फिल्मको निर्देशन भोमन कटुवालले गर्दैछन् ।

    फिल्मा प्रल्हाद काफ्लेको लगानी रहेको छ ।

    फेसबुक प्रतिक्रिया