• शहीद स्मृति गोल्डकपः पुलिसलाई स्तब्ध पार्दै संकटा सेमिफाइनलमा

    २९ फाल्गुन २०७७, शनिबार

    विभागीय टोली नेपाल पुलिस क्लबलाई स्तब्ध पार्दै संकटा क्लबले हेटौंडामा जारी स्थानीय तह शहीद स्मृति गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा सेमिफाइनल प्रवेश गरेको छ । ।

    शनिवार भएको अतिनै रोमाञ्चक खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई संकटाले १–० गोल अन्तरले पराजित गर्दै स्तब्ध पारेको हो । जितसँगै संकटा क्लब सेमिफाइनल प्रवेश गरेको छ । संकटाको जितका लागी विदेशी खेलाडी अकेइ कोलुले गोल गरे । खेलको म्यान अफ द म्याचको पुरस्कार संकटाका मिडफिल्डर नितिन थापा घोषित भए । उनले नगद १० हजार पुरसकार प्राप्त गरे । मकवानपुरका १० वटै स्थानीय तहको सहयोगमा आयोजना भएको तेस्रो संस्करणको फुटबल प्रतियोगिताको आजको औपचारीक कार्यक्रममा थाहा नगरपालिकाका मेयर लवशेर विष्टको प्रमुख आतित्थ्यता रहेको थियो । प्रतियोगिताअन्तर्गत आइतबार बागमती युवा क्लब बागमती सर्लाही र विभागीय टोली नेपाल एपिएफ विच हुने छ । चैत ७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा एक विदेशीसहित छ वटा ए डिभिजन, आयोजक र दुईवटा मोफासलका क्लब गरी दश टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टिमले नगद १० लाख र उपविजेता टिमले ५ लाख पुरस्कार प्राप्त गर्ने छन् ।

    फेसबुक प्रतिक्रिया