• नेपालबाट दक्ष श्रमशक्ति इजरायल पठाउने नेपालको तयारी अन्तिम चरणमा

    २८ फाल्गुन २०७७, शुक्रबार

    नेपालबाट दक्ष श्रमशक्ति इजरायल पठाउने नेपालको तयारी अन्तिम चरणमा पुुगेको छ । गत माघ पहिलो साता नेपाल र इजरायल सरकारबीच कार्यान्वयन प्रोटोकलमा हस्ताक्षर भएसँगै श्रमशक्ति पठाउने आन्तरिक कार्यविधि बनाउन थालिएको हो ।
    वैदेशिक रोजगार विभागका अनुसार नेपालबाट इजारायल पठाउने दक्ष जनशक्तिका लागि कार्यविधि बनाउने कार्य अन्तिम चरणमा पुुगेको र त्यो बनेपछि छिट्टै आवेदन खुला गरिनेछ । विभागका महानिर्देशक कुुमारप्रसाद दाहालले श्रमशक्ति पठाउने आन्तरिक कार्यविधि बनाउने कार्य अन्तिम चरण पुुगेको र कार्यविधि तयार भएपछि त्यही आधारमा आवेदन माग गरिने जानकारी दिए ।
    इजरायलमा केयरगिभरमा काम गर्ने गरी तत्काल पाँच सय नेपाली पठाउने गरी नेपाल र इजारायलबीच कार्यान्वयन प्रोटोकलमा हस्ताक्षर भएको थियो । सम्झौताअनुसार त्यो सङ्ख्याका नेपालीले इजरायलमा केयरगिभरका रूपमा रोजगारी प्राप्त गर्नेछन् । सो रोजगारीमा दुई देशका सरकारी निकायबीचको संलग्नतामा श्रमिक पठाइनेछ । यसमा कुनै पनि निजी क्षेत्रलाई समावेश गरिएको छैन ।
    नेपालबाट इजराइल सरकारले केयरगिभरका नर्सिङ क्षेत्र, अस्पताल, नर्सिङ होम, दिवा सेवा केन्द्रलगायतमा नेपाली श्रमिक लैजाने सम्बन्धमा गत असोजमा सम्झौता सम्पन्न भएको थियो । गत असोज १४ गते इजरायलका लागि नेपालकी राजदूत अञ्जान शाक्य र इजरायली परराष्ट्रमन्त्री गावी अस्केनाजीबीच इजरायली नागरिकसरहको सेवा सुविधा दिनेगरी श्रम सम्झौता सम्पन्न भएको थियो ।
    यसअघि इजरायलमा नेपालीलाई रोजगारीका लागि केयरगिभरलगायतमा खुला भए पनि निजी क्षेत्रबाट श्रमिक पठाउँदा चर्को रकम असुलिएका कारण इजरायलले नेपाली श्रमिक लिन रोकेको थियो ।

    फेसबुक प्रतिक्रिया