• इरानद्वारा राष्ट्रसंघीय अनुगमनकर्तालाई परमाणु केन्द्रको ‘आकस्मिक निरीक्षण’मा रोक

    १० फाल्गुन २०७७, सोमबार

    इरानको संसद्‌ले मङ्गलवार पारित गर्ने एउटा कानुनअनुसार सरकारले आईएईएका निरीक्षणकर्ताहरूलाई छोटो सूचनामा नै घोषित वा अघोषित परमाणु केन्द्रहरूको अनुगमन गर्नका लागि रोक्नुपर्नेछ।इरानमा भएका वार्ताहरूपछि आईएईएका प्रमुख राफाएल ग्रोसीले तेहरानमा भने, “यो कानुन अस्तित्वमा छ। यो कानुन लागु हुन गइरहेको छ त्यो भनेको, मलाई पछुतो छ, ‘एडिसनल प्रोटोकल’ निलम्बित भएको छ।”‘एडिसनल प्रोटोकल’ले आईएईएलाई कुनै देशले पहिले नै घोषणा गरेका वा नगरेका परमाणु केन्द्रहरूको आकस्मिक अनुगमन गर्न दिन्छ।सन् २०१५ को सम्झौता अनुसार इरान यस्तो अनुगमन गर्न दिन सहमत भएको थियो।

    त्यसअघि उसले सन् २००६ मा त्यसलाई निलम्बन गरेको थियो।गत वर्ष इरानले दुईवटा शङ्कास्पद क्षेत्रमा आईएईएका अनुगमनकर्ताहरूलाई जान रोकेको थियो।ग्रोसीले तीन महिने सम्झौता अस्थायी भएको बताए। यद्यपि उनले स्थिर र दिगो अवस्था बनाउनका लागि राजनीतिक सम्झौता हुनुपर्ने आवश्यकता औँल्याए।

    फेसबुक प्रतिक्रिया