
सरकारको सिफारिसमा २ नं. प्रदेश प्रमुखको आज गरिएको बर्खास्ती र नयाँ नियुक्तिको नेपाली कांग्रेसले विरोध जनाएको छ ।
अघिल्लो सरकारको पालामा प्रक्रिया बमोजिम गरिएको नियुक्तिलाई गत बर्ष बदर गरेर सरकारले स्वेच्छाचारी ढंगले नियुक्ति गरेको र आज फेरि त्यही प्रवृत्ति दोहो¥याएर सरकारले एकातर्फ प्रदेश प्रमुखको गरिमा थप घटाउंदै जाने कर्म गरेको कांग्रेसले भनेको छ ।
संसद विघटनको असंवैधानिक कदम पश्चात् काम चलाउ स्थितिमा पुगेको सरकारले यसरी बर्खास्त, नियुक्ति आदि काम गर्न विल्कुलै मिल्दैन र पाइन्न भन्दै यसप्रति कडा विरोध जनाउंदै यस्ता कार्य अविलम्ब रोक्न सरकारलाई चेतावनी समेत दिएको नेपाली कांग्रेसका प्रवंक्ता विश्वप्रकाश शर्मा हस्ताक्षर भएको बिज्ञप्तीमा भनिएको छ ।