• आकासमा देखियो ‘राष्ट्रिय प्रजातन्त्र दिवस २०७७’

    ७ फाल्गुन २०७७, शुक्रबार

    आज फागुन ७ गते ७० औं प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ ।
    १०४ बर्षे जहाँनिया राणा शासनको अन्त्य भएर प्रजातन्त्र आएको उपलक्षमा काठमाडौंको टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको समेत सहभागीतामा आयोजना गरिएको समारोहमा साँस्कृतिक झाँकी र नाचगान प्रस्तुत गरिएको थियो ।यसैगरी नेपाली सेनाको हेलिकप्टरबाट ‘राष्ट्रिय प्रजातन्त्र दिवस २०७७’ लेखिएको ब्यानर फहराइएको थियो ।

    समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले लोकतन्त्रको बाटोलाई नबिराउने बताए ।प्रजातन्त्र स्थापनाका लागि भएको संघर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ लगायतले बलिदानी दिएका थिए । प्रजापरिषद् नामक राजनीतिक दल भूमिगत रूपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उनीहरूलाई तत्कालीन राणा शासकले मृत्युदण्ड दिएको थियो ।
    आज देशमा प्रजातन्त्रकै जगमा बहुदलीय राजतन्त्र हुँदै सघिय गणतन्त्रात्मक व्यवस्थामा आईपुगेको छ ।

    फेसबुक प्रतिक्रिया