• आज पनि हल्का वर्षा हुने

    ६ फाल्गुन २०७७, बिहीबार

    आज पनि अपराह्नपछि बदली र हल्का वर्षा हुने मौसमविदले पूर्वानुमान गरेका छन् । अहिले बिहानपख भने काठमाडौं उपत्यकामा घाम लागेको छ ।

    ‘आज दिउँसो एक-दुई बजेपछि भने बदली हुने देखिन्छ र हल्का वर्षा हुने सम्भावना छ, राति फेरि मौसम क्लियर हुन्छ,’ वरिष्ठ मौसमविद वरुण पौडेलले भने । यस्तो अवस्था काठमाडौं उपत्यकासहित प्रदेश १ र प्रदेश ३ मा हुने छ ।

    पौडेलका अनुसार शुक्रबारबाट दुई-तीन दिन भने पहाडी भूभागहरुमा आंशिक बदली मात्र हुने पूर्वानुमान गरिएको छ । तर तत्काल ठूलो पानी पर्ने मौसमी प्रणाली भने देखिएको छैन ।

    बुधबार अपराह्नपख काठमाडौं उपत्यकाका केही स्थानमा हल्का पानी परेको थियो । प्रि-मनसुन सिजन नजिकिएकै कारण बुधबार काठमाडौं उपत्यकाका केही स्थानमा हल्का पानी परेको मौसमविद पौडेल बताउँछन् ।

    फेसबुक प्रतिक्रिया