• भागरथी भट्टको बलात्कार तथा हत्या-प्रकरणमा गाउँकै एक किशोर पक्राउ

    ५ फाल्गुन २०७७, बुधबार

    भागरथीभट्टको बलात्कार तथाहत्याप्रकरणमा प्रहरीले गाउँकै एक छिमेकीकिशोरलाई पक्राउ गरेको छ । अनुसन्धानमा संलग्न प्रहरीका अनुसार पक्राउ पर्नेमा दोगडाकेदार गाउँपालिका–७, चडेपानीलमकट्टे बस्ने किशोर दिनेश भट्ट रहेका छन् ।

    मङ्गलबार राति १० बजे घरबाटै पक्राउ परेका किशोरलाई जिल्लाप्रहरी कार्यालय ल्याईएको छ । किशोरलाई आजै सार्वजनिकगरिने प्रहरीले जानकारी दिएको छ । प्रहरी स्रोतकाअनुसार ती किशोरले विद्यालयबाट घर फर्कदा भागरथीको बलात्कार र हत्या गरेको स्विकारी सकेका छन् ।

    हत्या र बलात्कार प्रकरणमा समातिएका किशोर भागरथी अध्ययनरत सनतान धर्म माविकै विद्यार्थी हुन् । पारिवारिक रिसईबीका कारण भागरथीको हत्या गरेको ती युवाले प्रहरी समक्ष बयान दिएका छन् । पक्राउ परेका किशोरको गतिविधि शंकास्पद रहेको भागरथीका आफन्त शिवराज भट्टले बताए ।

    शिवराजले भन्नुभयो, “ सँगै पढ्ने अन्यविद्यार्थीले जसरी भागरथीका बारे मा खुलेर बताएकाथिए, पक्राउ परेका दिनेशले घुमाएर कुरा गर्न थालेको थियो । शंकास्पद गतिविधि थियो । भागरथीभन्दा कान्छो हो ।कक्षा ११मा पढ्ने केटो हो । म अहिले जिल्लाप्रहरी कार्यालय पुगेको छु । बाँकी प्रहरीले विस्तृत कुरा सार्वजनिक गर्ने छ ।”


    दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी१७वर्षीया किशोरी भागरथी भट्ट गत माघ २१ गते विद्यालयबाट घर फर्कदा हराएकी थिईन् । भागरथीको शब भोलि पल्ट माघ २२ गते खोचलेक–चडेपानी ग्रामीण सडकखण्डको लडालेक जंगलम ाफेला परेको थियो ।

    फेसबुक प्रतिक्रिया