• बाघका गोठाला हरि: हजारौलाई बाघ देखाउने फरेष्ट गाईडको कथा

    ४ फाल्गुन २०७७, मंगलवार

    कतिलाई बाघ देखाउनु भयो त भन्ने प्रश्नमा नाकका पोरा फुलाउदै हरिले भने, ‘खै १०औ हजारलाई देखाँए होला !याद नै छैन, नेपाली, भारतिय, कुईरे त कत्ती हो कत्ती!

    सन २०१८ मा हलिउड अभिनेता लियोनार्दो डब्लुडब्लुएफको आतिथ्यतामा बाघ संरक्षणको अभियानका लागी नेपाल आएका बखत उनलाई क्यामेरा टयाप गरेर रातभर जंगलमै बसेर बाघको हुललाई नै आफ्नो दिनचर्यामा बसिरहेको अवस्थामा हरि र उनको टिमले नै हो बाघ देखाएको!

    हरि चौधरी एक बिहानै उठेर तम्तयारी भैसकेका थिए, चिसो मौसम, सामान्य बाक्लो हरियो रंगको कपडा लगाएर उनि हामी तिरै आए ।
    ‘सरहरु, जाने हैन त? जंगल सफारी, म आजको तपाँईहरुको गाईड!’
    हामीले खासै वास्ता नगरेरै सफारी भ्यान भित्र बस्यौं यद्धपी हाम्रो उदेश्य जंगल भित्र ट्रेक गर्नु थियो, हामी बर्दीया राष्ट्रीय निकुञ्ज भित्र सम्म गाडीमा जाँदै थियौं ।
    बबई रिसोर्ट बर्दीयाको नाँउ चलेको गन्तव्यस्थल हो, बर्दीया निकुञ्ज घुम्न आउनेका लागि अनि निकुञ्ज जानुको उदेश्य बाघ, हात्ती, गैडा लगायतका जंगली जनावरलाई उनिहरुकै बासस्थानमा हेर्नु ।


    तर खासै चासो नपाएको बर्दीयाका फरेष्ट गाईड हरि चौधरी आजको यो कथाका हिरो हुन् ।
    निकुञ्ज भित्र प्रवेस गरेको केही मिनेटमै हरीले ईशारा गर्दै गोरेटो नजिकैको रुखनेर रहेको पदचाप हेर्न थाले र रुखको फेदमा बाघले झिसमिसेमा पिसाव फेरेको हुन सक्ने भन्दै गन्धलाई सुघ्न थाले । केहि घण्टा अघि बाघ उक्तबाटो भएर हिडेको रहेछ उनले पिसावको अलि कडा गन्धलाई सुघिँसकेपछी भने, ‘सर आज भाग्य भयो भने बाघले हामिलाई दर्शन देला ।’


    ५२ बर्षका हरिले करिब २० बर्ष भयो जंगली जनावरका बिषयमा अध्ययन गर्दै उनिहरुलाई नजिकै बाट नियाल्न थालेको । जंगली जनावर मान्छे भन्दा धेरै अनुसासित हुने भन्दै यदी उनिहरुलाई हानी नभएमा जनावरले आक्रमण समेत नगर्ने बताए तर राजमार्गमै सवारी साधनमा आक्रमण गरेको बिषयमा भने अनुसञ्धान गरिनु पर्ने उनि बताउछन् ।


    आईटिएनसी (ईन्टरनेसनल ट्रष्ट फर नेचर कन्जरभेसन)को परियोजना प्राविधिकका रुपमा काम गरेका हरिले चितवनमा बाघ लगायतका जनावरको संख्या गन्ने, उनिहरुलाई लट्याएर उपचारका लागी सहयोग गर्ने, पर्यटकलाई जंगल सफारी गराउदै सौराहाको केहि बर्षको अनुभव पछी बर्दीयामा निरञ्तर कार्यरत छन् ।उक्त समयमा कुन क्षेत्रमा कति बाघ छन् कस्तो अवस्थामा छन् भनेर पत्ता लगाउने काम हरिको थियो र उनि चितवन टाईगर टपमा काम गर्थे।
    कतिलाई बाघ देखाउनु भयो त भन्ने प्रश्नमा नाकका पोरा फुलाउदै हरिले भने, ‘खै १०औ हजारलाई देखाँए होला याद नै छैन, नेपाली, भारतिय, कुईरे त कत्ती हो कत्ती!’
    उनले हलिउडका चर्चीत कलाकार लियोनार्दो डिक्यार्पियोलाई समेत बाघ देखाएका रहेछन् । सन २०१८ मा हलिउड अभिनेता लियोनार्दो डब्लुडब्लुएफको आतिथ्यतामा बाघ संरक्षणको अभियानका लागी नेपाल आएका बखत उनलाई क्यामेरा टयाप गरेर रातभर जंगलमै बसेर बाघको हुललाई नै आफ्नो दिनचर्यामा बसिरहेको अवस्थामा हरि र उनको टिमले नै हो बाघ देखाएको । लियोनार्दो डि डिक्यार्पियो फाउण्डेसनले बाघको संख्या बढाउनका लागी काम गरिरहेको छ ।लियोनार्दोले उक्त समयमा भनेका थिए “नेपाल आफ्नै सिमानामा बाघको संरक्षणमा गरेको प्रयास राम्रो छ । र एसिया र विश्वका सबैको संरक्षणको नमूनाको रूपमा काम गर्दछ। नेपाल र जंगली बाघहरूको जनसंख्या दोब्बर पार्नका लागि डब्ल्यूडब्ल्यूएफको साथ मेरो फाउण्डेशनको साझेदारीमा म गर्व गर्दछु। ”
    नेपालमा सन २०१८ सम्ममा १२१ बाघ रहेकोमा सन २०२२ सम्ममा २३५ पुर्याउने लक्ष लिएको डब्लुडब्लुएफले जनाएको हो ।

    जंगल सफारीका दौरान हामिले एक हुल मृगलाई नजिकैबाट देख्यौं, रुख लडाउदै पानि पिउन निस्केका मत्ता हात्तीलाई टाढैबाट नियाल्यौं भने टाढैबाट भए पनी मृगको सिकारमा गोरेटोमै सुतेर बसेको बाघ देख्न पाँउदा डर-रोमाञ्चकताको बयान गरि साध्य थिएन ।
    मृगका बथान देख्दा संगै हुलमै मिसिन मन लागेको थियो तर उनिहरुको जिवनचर्या बिगार्न मन लागेन तर उनिहरुको महसुस गर्ने क्षमता मान्छेहरुको भन्दा धेरै हुँदो रहेछ क्यारे, एक पलमै झाडी तिर छेको लिईहाल्थे जनावरहरु ।


    हरिले जंगली जनावर हेर्न चाहनेका लागी बर्दीया राम्रो गन्तब्य रहेको तर आउने कतिपय नेपाली पर्यटक अनुसासित नहुने भन्दै उनले भित्र आएर पनि हो हल्ला गर्न खोज्ने कसैले त जनावरलाई जिस्काउने समेत गर्ने गरेको दुखेसो गरे ।


    हरि भन्दै थिए, ‘तपाँईहरुलाई बाघ देखाउन पाईयो, तपाँईहरुको आँखामा खुशी देखियो । तर भोलिका दिनमा हाम्रा छोरा नातीले देख्न पाँउछ कि पाँउदैन थाहा छैन ।’

    फेसबुक प्रतिक्रिया