• सन्धर्भ-प्रेम दिवस:ल है! , लह-लहै नहोस प्रेम

    २ फाल्गुन २०७७, आईतवार


    प्रेम साटासाट गरी नेपाल सहित विश्वभर आज भ्यालेन्टाइन डे मनाइँदैछ ।


    भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस पश्चिमा सँस्कृति भए पनि नेपालका युवा युवतीबीच लोकप्रीय छ । यो दिवसको सुरुवात प्राचीन रोमनबाट सुरु भएको किम्बदन्ती पाइन्छ । विशेष गरी भ्यालेन्टाइन डे को औपचारिक सुरुवात इस्वी सम्बत् २६९ रोमनबाट सुरु भएको हो । यो दिवससँग एउटा दुखान्त प्रेम कथा जोडिएको छ । तत्कालीन रोमन सम्राट क्लोडियस द्धितियले आफ्ना सैनिकलाई प्रेम तथा विवाह गर्न रोक लाएका थिए ।

    प्रेम तथा विवाहले सैनिक कजोर हुन्छन् तथा युद्धसँग सम्बन्धित गोप्य सूचना बाहिर सार्वजनिक हुन्छ भन्ने धारणाले सम्राट क्लोडियसले प्रेम तथा विवाहमा रोक लगाएका थिए ।तर सम्राटको नियम मन नपराउने मध्ये रोमनका पादरी सेन्ट भ्यालेन्टाइनले प्रेमको पक्षमा आवाज उठाए । उनले प्रतिबन्ध उल्लंघन गर्दै धेरै सैनिकको सार्वजनिक रुपमा विवाह गराए । सम्राटले उनलाई पक्राउ गरी मृत्युदण्डको सजाय सुनाएर जेलमा राखे ।जेलमा रहँदा भ्यालेन्टाइनको जेलरकी दृष्टिविहीन छोरीसँग माया बस्यो । आफूलाई मृत्युदण्ड दिनुअघि भ्यालेन्टाइनले ’लभ फ्रम योर भ्यालेन्टाइन’ भन्ने हस्ताक्षर सहितको प्रेम पत्र आफ्नी प्रेमिका अर्थात् जेलरकी छोरीलाई दिएका कथन छ ।

    उनले आफ्ना दुवै आँखा प्रेमिकालाई दिएर मृत्युदण्ड स्वीकार गरेका थिए । उनलाई सन् २६९ को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । यही दिनको सम्झनामा भ्यालेन्टाइनले प्रेमका लागि गरेको त्यागको सम्झना गर्दै विश्वभर हरेक वर्ष १४ फेब्रुअरीमा प्रेम दिवसको रुपमा भ्यालेन्टाइन डे मनाउने गरिएको हो ।भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको दुई सय २९ वर्षपछि सन् ४९८ मा इसाइ धर्मगुरु पोप जेलासिएसले भ्यालेन्टाइनको सम्झनामा दिवसकै रुपमा मनाउने घोषणा गरेका थिए । त्यसपछि इंग्ल्याण्ड र फ्रान्स हुँदै पछिल्लोसमय विश्वभर १४ फेब्रुअरीलाई भ्यालेन्टाइन डे अर्थात प्रेम दिवसको रुपमा मनाउने गरिएको छ ।
    प्रणय दिवसको अवसरमा आज प्रेमजोडीहरुले विभिन्न उपहार आदान प्रदान गरी माया साटासाट गर्ने चलन छ । त्यस्तै आफूलाई मन परेको व्यक्तिसामु प्रेम प्रस्ताव राख्ने दिनको रुपमा पनि भ्यालेन्टाइन डेलाई युवायुवतीले उपयोग गर्दछन् । भ्यालेन्टाइन डे को अवसरमा आज काठमाडौं लगायत विभिन्न सहरमा विभिन्न कार्यक्रमसमेत आयोजना गरिएको छ । सार्वजनिक पार्क तथा उद्यानहरु आज प्रेमजोडीले भरिभराउ हुन्छन् । यो दिन लाखौँका गुलाबका फूल तथा उपहारको व्यापार हुने गरेको छ । प्रणय दिवसलाई लक्षित गरी भारतबाट लाखौं रुपैयाँ बराबरको रातो गुलाबको फूल नेपाल आयात गरिएको छ ।


    विशेषगरी नव युवा जमात रामाजिक सञ्जालको माध्यमले देखासिखीमा प्रेम गर्ने र डेट जाने फेसन जस्तै बनेको छ । नबुझीकनै, लहलहैमा या देखाउनका लागी प्रेम गर्दा प्रेमको पभिाषा नै बदलिदो छ भने सारीरिक आकर्षणको भरमा गरिएको प्रेमको गन्तब्य यौनमा पुगेर दुखद अन्त्य समेत हुने गरेको समाजसास्त्री भुपमणी दहाल बताउछन् । कतिपय किशोर किशोरीहरु एकान्तमा डेट जाने तथा अन्तरंग सम्बन्धमा जाने र यस्तो प्रयासमा यौन शोषणको जोखिम बढ्ने समेत हुन सक्छ । प्रेमी वा प्रेमिका नहुनेहरुले आत्मग्लानीको महसुस गर्ने र प्रेम प्रस्ताव अस्विकार हुँदा मनोसमाजिक समस्या समेत हुन सक्ने कतिपय किशोरहरुले यसैलाई ईगोको रुपमा बिकास गरेर जवर्जस्ती आफ्नो बनाउने प्रयासमा दुर्घटना समेत घटाउन सक्ने मनोबिमर्षकर्ता सुशिला खकुरेल बताउछिन् ।
    प्रेमलाई सरलरुपमा नबुझी पाउनै पर्ने र जित्नै पर्ने बाजीको रुपमा हेर्दा प्रेम ईगोको रुपमा परिणत हुन्छ र फलस्वरुप प्रेम, झै(झगडा, यौन शोषणका बलात्कारको कारक समेत हुन सक्छ ।
    अतः प्रेम प्रेम जस्तै भएर प्रेम गर्न सक्नु नै प्रेमलाई न्याय गर्न सक्नु हो ।

    तपाँई सम्पुर्णमा प्रेम दिवस (प्रणय दिवस)को सुभकामना ।

    फेसबुक प्रतिक्रिया