• सन्धर्भ बिश्व रेडियो दिवसः एक रेडियोकर्मीको रेडियो स्मरण

    १ फाल्गुन २०७७, शनिबार


    ‘त्यो माइक,त्यो हेडफोन ,अनि स्टुडियो ।’
    ‘के म फेरि पनि तिनीहरु संग आफ्नो आवाज लाई जोड्न सक्छु?’
    दुई चार दिन देखि मानसपटलमा यहि कुरा घुमिरहेको छ ,यो प्रस्न म भित्र त्यतिकै उब्जिएको पनि होइन ,आदरणीय गुरु प्रकास सायमी संगको भेटमा वाहाले मलाई भन्नूभयो ,,मुस्कान ले बिबिसीमा कोशिश गरे हुन्छ नि !,कहिलेकाही मात्र एक वाक्यले पनि हृदयलाई भित्रै देखि निचोरिदिदो रहेछ,कता-कता सकारात्मक उर्जा दिदो रहेछ।

    मुस्कान थापा मकवानपुरे सञ्चारकर्मी हुन्, लामो समय हेटौडाको एफएम स्टेसनहरुमा काम गरेकी मुस्कान हाल नेपाली चलचित्र क्षेत्रमा आवद्ध छिन् ।

    करिब डेढ वर्ष सम्म बिना पारिश्रमिक काम गर्नु र पारिश्रमिकको लागि आवाज उठाउदा रेडियो नै छोडनु पर्ने वाध्यता अर्कै थियो,अरुको आवाज लाई साथ दिने म जस्तोहरुको आवाज रेडियो बाट नै खोसिएको थियोे ,यो क्रम आज पनि निरन्तर नै छ ।

    के रेडियोकर्मीहरुको भोलि सबैको यस्तै नै हो त ? यदि हो भने हामी एयक काहाली लाग्दो भविस्यलाई भ्रुणको रूपमा हुर्काइरहेका छौ अहिले ,मैले धेरै साथी हरुलाइ सोधे आफुले काम गरेको रेडियोले कुनै दिन सम्झेको छ भनेर सबैको निराशा जनक जवाफ पाएँ, दुई चार समाचार र गितले रेडियो टिकेको छ, रेडियो प्रशिक्षण केन्द्र बनेको छ, एक वर्ष गर्ने फेरि नयाले अर्को एक वर्ष धानिदिने तर यो के राम्रो तरिका हो र ?यसको नतिजा राम्रो होला र ?

    अनि आज उसैको मात्र चर्चा छ जो ब्यक्ति बाट स्वम कुनै सस्था,कम्पनी ,वा ब्रान्ड बनेको छ अर्थात उनीहरुको साथ लागेका छ्न ,राजनीतिक ओत लागेका छ्न ।


    मैले मेरो बिगतलाई सम्झेँ ,रेडियोमा बोल्ने रहरलाई कताकता बिर्से पनि माया मार्न भने सकेकी रहेनछु,वाहाको एक वाक्यले मलाई फेरि त्यो रहर प्रती निकट हुन मन लाग्यो ।
    ‘रेखा मिश्र!’,जस्को आवाजले म भित्र रेडियो मोह पलायको थियो, सुन्न त धेरै आवाज सुनेकी थिएँ तर जादुमयी वाहाको आवाजमा लाग्थ्यो म पनि कहि कतै बोलिरहेको छु, प्रशारित वाहाको कार्यक्रमलाई रिलको चक्कामा रेकर्ड गरेर बारम्बार सुन्नुको मज्जा बेग्लै थियोे, त्यो मज्जा आज इतिहास भैसकेको छ।
    मनकामना एफ.एममा (मोफसलको पहिलो ब्यवसायीक रेडियो, जुन रेडियो हेटौडाबाट प्रशारण हुन्थ्यो ।) बि सं २०५८ सालमा सुनेको वाँँहाको आवाज अझै पनि मेरो कानमा गुन्जिरहन्छ,आजकल यस्तो हुनुलाई संकुचित भएको भनिदिन्छ्न मान्छेहरु,तर प्रभाव पर्नु,प्रभावित हुनु र मन पर्नु अलग-अलग कुरा हुन, प्रभावित हुने सबै कुरा मन नपर्न पनि सक्छ,त्यस्तै आवाज पनि फरक-फरक हुन्छन् ,सुन्दा सुमधुर लाग्नु अनि आत्मीय लाग्नु पनि फरक कुरा हो ,सबै मिठो आवाज आत्मीय नलाग्न पनि सक्छ तर रेखा दिको आवाजमा मैले दुबै पाएँ ।

    रेडियोमा बोल्ने सपना त मेरो पुरा भयो तर सपना नै लक्ष्य भने बन्न सकेन यसको कारण रेडियो नै हो भनेर भन्न पनि सक्छु म सायद अरुले नसक्ला त्यो अर्को प्रसङ्ग हुन सक्छ , सपना ,रहर र लक्ष्यको बिचमा जिन्दगी पिल्सिरहदा जित त वाच्नु पर्ने वाध्यताको नै हुदोरहेछ ,अनि वाच्नको लागि गर्नु पर्ने कर्मले साथ छोडन सक्दैन, सायद जो कोहि लाई पनि छोडदैन यो कर्मले अनि रेडियो भने ,जिन्दगीको नेपथ्यमा कहि सजिरहदो रहेछ एक पृय मोह भएर, यो मोह अझै पनि छ जस्ले बेला बेला झस्काइरहन्छ।

    अरुले रेडियोबाट के लिए ,रेडियो लाई के दिए ,के के पाय कुन्नी तर मैले रेकर्डरको अगाडि बोल्न थरथर काप्ने आवाजहरुको कम्पन महसुस गरे,उनीहरुको आवाजले कुनै नेतृत्व परिवर्तन भएको देखे ,गित संगीत प्रतिको मित्रता देखे,जति समय काम गरे मन ,वचन र कर्म ले आफ्नो भुमिका निभाएँ,त्यो भुमिका निभाउदाको आफ्नै ब्यथा छ ,करिब डेढ वर्ष सम्म बिना पारिश्रमिक काम गर्नु र पारिश्रमिकको लागि आवाज उठाउदा रेडियो नै छोडनु पर्ने वाध्यता अर्कै थियो,अरुको आवाज लाई साथ दिने म जस्तोहरुको आवाज रेडियो बाट नै खोसिएको थियोे ,यो क्रम आज पनि निरन्तर नै छ ।
    श्रमिकको आवाजमा साथ दिने माध्यम त्यही माध्यममा श्रम ऐनको लागि बिद्रोह गर्नु पर्ने अनि जागीर छोडनु पर्ने वाध्यतामा रेडियोले के साच्चै आवाज बिहिनहरुको प्रतिनिधित्व गरेको थियो ? छ त ? कुनै दिन रेडियोमा गुन्जने आवाजहरु आज गुमनाम छन,गरुन्जेल जे जति गर्यो त्यो त्यति मात्रै छ। कामको पैसा त कहिले श्रद्धा र सम्मानका साथ दिन सकेन सकेन,रेडियोले मनाउने हरेक वार्षीक उत्सवमा सम्झना समेत गर्न सक्दैनन,आखिर के उत्पादन गरिरहेका छौ हामी यतिखेर? जुन रेडियो मा जति समय काम गर्यो गर्यो, रेडियो छोडेको भोलिपल्ट देखि सम्बन्ध पनि छोडियो ,कत्ती दुखान्त छोडाइ है हाम्रो ? यो मैले काम गरेको जिल्ला मकवानपुरको मात्र होइन बाकी सबै जिल्लाको दुखान्त ।
    मान्छेलाई बिगत संग कति धेरै भय छ, किन स्विकार्न सक्दैन बिगत? आफ्नै बिगत लुकाउनको लागि अक्सर मान्छे बर्तमान संग टाढा रहेको पाउछु ,लिएको र दिएको बिचको अन्तर छुट्टायाउन नसक्दा सतही हुदैछ मान्छे ,ती सबै माथी बिजय पाउन सक्ने एक मात्रै तत्व हो मानवीय भावना तर भावना बिहिन भएर सबै बिर्सेरहेछ ।
    आज तिमी जाहा छौ, हिजो त्यहा कोहि थियोे ,र भोलि फेरि अरु नै कोहि हुनेछ यो त रित नै हो । आज मलाई जस्तो महसुस हुदैछ यदि भावनात्मक भएर कुनै दिन तिम्ले सोच्यौ भने एक न एक दिन यस्तै महसुस तिम्लाइ नि हुनेछ । जसको योगदानमा सस्थागत हुन सक्यो उसैलाई ढोकामा रोक्नु ,प्रवेस निशेध गर्ने परम्पराले हामी कस्तो सस्कार बसाल्दैछौ ?
    प्रकृतिमा यति सम्मको भावना हरु आजसम्म पनि बिद्द्मान छन कि कुनै बिरुवा र कुनै जनावर लाइ मानवीय स्पर्शले ठुलो महत्व राख्छ । यदि प्रकृति छ त हामी छौ नत्र हाम्रो कुनै औचित्य छैन फेरि पनि किन सानो स्वार्थको लागि भुलभलयामा रुमाल्लिरहेकाछौ ?

    रेडियोमा गुन्जने आवाज कुनै साहित्यिक कृति जस्तो होइन रहेछ जुन लिखित रूपमा सधैको लागि बसिरहने, कुनै श्रस्टाको गित ,संगीत जस्तो होइन रहेछ जुन हर कालमा गुन्जिरहने,अनि कुनै चलचित्रको पर्दामा देखिने अभिनय जस्तो पनि होइन रहेछ जुन हेरिरहन पाउने ,वास्तवमा बोलुन्जेल बोल्यो त्यस पछि कुनै अर्थ नहुने रहेछ, त्यस्मा ब्यक्ति अनि ब्यक्तित्व सधै ओझेल मा परिरहदो रहेछ ।
    के रेडियोकर्मीहरुको भोलि सबैको यस्तै नै हो त ? यदि हो भने हामी एयक काहाली लाग्दो भविस्यलाई भ्रुणको रूपमा हुर्काइरहेका छौ अहिले ,मैले धेरै साथी हरुलाइ सोधे आफुले काम गरेको रेडियोले कुनै दिन सम्झेको छ भनेर सबैको निराशा जनक जवाफ पाएँ, दुई चार समाचार र गितले रेडियो टिकेको छ, रेडियो प्रशिक्षण केन्द्र बनेको छ, एक वर्ष गर्ने फेरि नयाले अर्को एक वर्ष धानिदिने तर यो के राम्रो तरिका हो र ?यसको नतिजा राम्रो होला र ? अनि आज उसैको मात्र चर्चा छ जो ब्यक्ति बाट स्वम कुनै सस्था,कम्पनी ,वा ब्रान्ड बनेको छ अर्थात उनीहरुको साथ लागेका छ्न ,राजनीतिक ओत लागेका छ्न । कुनै दिन उहीँ सस्थाको लागि खाइ नखाइ,भ्याइ-नभ्याइ गरि गरेको काम स्मरण समेत छैन । जिन्दगीको एक बैशालु समय ब्यतित गरेको समयको कुनै महत्व नै छैन ।
    म भित्र यस्तो अनुत्पादक सोच आउनुले मलाई पाखन्डि पनि भनीदेलान तर यो सोच के हानिकारक नै छ त ? सताइरहेछ!

    सम्पुर्ण रेडियोकर्मीमा बिश्व रेडियो दिवसको सुभकामना । (फिचर फोटोः शान्ती सुनारको फेसबुक वालबाट)

    फेसबुक प्रतिक्रिया