• भारत र चीनबीच विवादित सीमाक्षेत्रमा पुनः भिडन्त

    १२ माघ २०७७, सोमबार

     भारत र चीनबीच विवादित सीमाक्षेत्रमा पुनः भिडन्त भएको भारतीय सञ्चार माध्यमले जनाएको छ ।
    सो भिडन्त तीन दिनअघि उत्तरी सिक्किम क्षेत्रमा भएको समाचारमा उल्लेख छ । पछिल्लाे भिडन्त उत्तरी सिक्किमका नाखुलापास क्षेत्रमा भएकाे जनाइएकाे छ । चिनियाँ सेनाले भारतीय सीमाक्षेत्रमा प्रवेश गर्न खाेजेपछि बलपूर्वक फिर्ता पठाइएकाे समाचारमा जनाइएकाे छ ।  दुई देशबीच सीमा विवादका विषयमा विगतमा पनि भिडन्त हुने गरेका र विगतमा लद्दाखको गलवाल उपत्यकामा २० जना भारतीय सैनिकको मृत्यु भएको थियो । 

    फेसबुक प्रतिक्रिया