• वेचविखन प्रभावित तथा मनोरन्जन क्षेत्रमा कार्यरत श्रमिक महिलाहरुलाई खाध्यान्न तथा स्वास्थ्य सम्बन्धी सामाग्रीहरु प्रदान

    ११ माघ २०७७, आईतवार

    मानव वेचविखन प्रभावित तथा मनोरन्जन क्षेत्रमा कार्यरत श्रमिक महिलाहरुलाई खाध्यान्न तथा स्वास्थ्य सम्बन्धी सामाग्रीहरु प्रदान गरिएको छ ।
    कोभिडको अवस्थाबाट रोजगार तथा व्यवसायमा परेको धक्का पश्चात मावब बेचविखन प्रभावित तथा मनोरन्जनका क्षेत्रमा कार्यरत ६० जना सेवाग्राहीलाई उक्त सहयोग प्रदान गरिएको हो । शक्ति समूह तथा ओ.यू.आर.को आर्थिक सहयोगमा आर्थिकरुपमा कमजोर भएका महिलाहरुलाई उक्त सेवा प्रदान गरिएको शक्ति समूहका कार्यकारी निर्देशक बालकुमारी दर्लामीले बताईन् ।
    सहयोग पाएपछी डान्सबारमा कार्य गर्दै आईरहेकी र लामो समयदेखी बेरोजगारीको मार खेपेकी पुर्व श्रमीक निलम तामांग (नाम परिवर्तन)ले शक्ति समूहले आफुहरुलाई बचाउदै आईरहेको र माईती जस्तै भएको प्रतिकृया दिईन् ।

    शक्ति समूह विगत लामो समय देखि मानव वेचविखन प्रभावित तथा मनोरन्जनका क्षेत्रमा कार्यरत श्रमिकहरुको अधिकारको लागि काम गर्दै आईरहेको गैह्र-सरकारी संस्था हो ।

    तस्विरः निरा दुलाल
    फेसबुक प्रतिक्रिया