• ‘नजानेर आफ्नै मृगौला झण्डै बेचिएन, अर्काको फन्दामा परेपछी त ज्यानै जान बेर नलाग्ने रैछ !’

    २९ पुष २०७७, बुधबार

    काभ्रेका बाङ्थलीका विष्णु खड्का चावहिलमा गाडी वर्कसपमा काम गर्छन् । २५ बर्षका हसिलो बिष्णु मृगौला तस्करको जालो तोडेर कालको मुखबाट बाचेर फर्केको उनलाई आफैलाई समेत बिस्वास लाग्दैन ।
    बिष्णुलाईलाई २०७६ साउन ११ गते भारतमा लगेर मृगौला निकाल्न लागिएको बेला प्रहरीले उद्धार गरेपछी बल्ल उनले आफु बाचेको महसुस गरे ।
    भर्खरै २४ वर्ष लागेका कलिलो उमेरका खड्का सामान्य परिवारका हुन् । उक्त समयमा चाबहिल बस्दै आएका उनी मनमैजुको खाजा घरमा काम गर्थे ।

    गरिवीमा जन्मेका उनलाई बाईक चढ्ने रहर थियो, जे गरी भएपनी बाईक चढ्ने भन्ने उनको रहर नै पिडितको कमजोरी भन्ने थाहा थाहा पाएपछि थपलियाले मिर्गौला विक्री गर्न अफर गरेका थिए । ‘बाइक किन्दिन्छु भनेको थियो’, उद्धार गरिएका खड्का भन्छन्, ‘त्यसपछि केही नसोची म एउटा मिर्गौला दिन राजी भएँ ।’

    गरिवीमा जन्मेका उनलाई बाईक चढ्ने रहर थियो, जे गरी भएपनी बाईक चढ्ने भन्ने उनको रहर नै पिडितको कमजोरी भन्ने थाहा थाहा पाएपछि थपलियाले मिर्गौला विक्री गर्न अफर गरेका थिए ।

    खड्काको सहमतिपछि अनमोल क्लिनिक एन्ड डाइगनोस्टिक सेन्टरमा लगेर रगत परीक्षण गरिएको थियो । क्लिनिकमा उपचारपछि लगाइएको सुईका कारण रिँगटा लागेका खड्कालाई याद छ । त्यसपछि एकै पटक सुनौली नाका पुग्दा मात्र होस खुलेको उनी बताउँछन् ।

    ‘सुनौलीमा पुगेपछि घर परिवारसँग सम्पर्क गराइदिन आग्रह गरेँ’, उनी भन्छन्, ‘तर उनीहरूले फोन गरिस् भने मारेर फालिदिने धम्की दिए ।’ त्यसपछी बल्ल खड्का झस्किए । यो बिच खड्का हराएको केही दिन भइसकेको थियो । घर परिवारले खोजी सुरु गर्‍यो । त्यसक्रममा प्रहरीसम्म पुगेको खड्का हराएको सूचनालाई पछ्याउँदै जाँदा अनुसन्धान अधिकृत मिर्गौला तस्करीको जालोसम्म पुगेका थिए ।
    उक्त घटनामा केही प्रहरीकै संलग्नता रहेको थियो । महानगरीय प्रहरी वृत्त, महाराजगन्जका प्रमुख फडिन्द्र प्रसाईँले घटनामा संलग्नलाई पक्राउ गरिएको बताए । उनका अनुसार घटनामा संलग्न भएको आरोपमा सशस्त्र प्रहरी गण नं १ मा कार्यरत प्रहरी नायव निरीक्षक (सई) योगेन्द्रराज थपलिया, पूर्वहवलदार थनितनसिंह गुरुङ, रमेश कार्की र नारायण पराजुलीलाई पक्राउ गरिएको थियो ।

    खड्कालाई भारतमा मिर्गौला ट्रान्सप्लान्टका लागि पूर्वतयारी गर्दै गर्दा उद्धार गरिएको थियो ।
    पिडितले दिग्दारीको भावमा भने आफ्नै झट्केलो दाजुले समेत यो केसमा पैसा खाएर अभियुक्त छुटाउने जाल रचेको बताए। अहिले अभियुक्तहरु मानव बेचविखनको मुद्धामा जेल सजाय काटिरहेका छन् । खड्का भन्छन्, ‘नजानेर आफ्नै मृगौला झण्डै बेचिएन, बिदेसमा गएर अर्काको फन्दामा परेपछी त ज्यानै जान पनि बेर नलाग्ने रैछ ।’

    फेसबुक प्रतिक्रिया