• एमाले र माओबादी केन्द्र आर्थीकरुपमा एकता नभएको खुलासा, ओली पक्षको नियन्त्रणमा रहेको खाता रोक्न प्रचण्ड-माधवको दौडधुप

    २८ पुष २०७७, मंगलवार


    ओली पक्षको नियन्त्रणमा रहेका एमालेका नाममा भएका खाताहरू रोक्का गरिदिन प्रचण्ड(माधव नेपाल पक्षले ब्याङ्कहरूलाई पत्राचार गरेको छ

    झन्डै तीन वर्षसम्म एउटै पार्टी रहेर अहिले विभाजनको मुखमा पुगेको नेकपाले आफ्ना आर्थिक कारोबार एकताअघिकै एमाले र नेकपा माओवादी केन्द्रका नाममा गर्दै आएको खुलेको छ।

    पार्टीको चल-अचल सम्पत्ति र आर्थिक कारोबारमा नेकपाको एकता कहिल्यै हुँदै भएन। अहिले विभाजन हुँदासम्म पनि हाम्रा आर्थिक कारोबार पूर्वमाओवादी र पूर्वएमालेकै नाममा हुँदै आएका थिए, नेकपाको धुम्बाराहीमा रहेको पार्टी कार्यालयमा हुने कार्यक्रम र प्रमुख कार्यक्रममा एमालेको खाताबाट खर्च हुने गरेको र पेरिस डाँडामा हुने कार्यक्रमको खर्च माओवादीका नामको खाताबाट गरिँदै आएको जानकारी खुलेको हो।पूर्वएमाले र पूर्वमाओवादीका केन्द्रीय कार्यालयका मात्रै एक दर्जनभन्दा बढी ब्याङ्क खाताहरू सञ्चालनमा थिए। त्यसबाहेक विभिन्न जनवर्गीय सङ्गठन, प्रदेश र जिल्ला समितिका समेत अलगअलग ब्याङ्क खाताहरू भएको दुवै पक्षका नेताहरूले बताए ।

    खाता रोक्का गर्न ब्याङ्कलाई दबाव
    शीर्षस्थ नेतृत्वमा देखिएको विवादका कारण एमाले र माओवादी दुवै पक्षका नेताहरू प्रधानमन्त्री ओलीको समूह र पुष्पकमल दाहाल प्रचण्ड तथा माधव नेपालको समूहमा विभाजित भएका छन्।प्रचण्ड(नेपाल समूहमा पूर्वएमालेका नेताहरू पनि गएपछि एमालेका नाममा रहेका ब्याङ्क खाताहरू रोक्का राख्न उक्त समूहले विभिन्न ब्याङ्कलाई दबाव दिएको छ। पौष १२ गते पठाइएको पत्रमा अर्को निर्णय नभएसम्म खाता रोक्का राख्न भनिएको कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए।

    पार्टी आधिकारिकताको विवाद टुङ्गो नलागेसम्म खाताबाट पैसा निकाल्न नमिल्नेगरी रोक्का राख्न ब्याङ्कहरूलाई पत्राचार गरिसकिएको छ, उनले भने।’त्यसबीचमा हामी पनि पैसा निकाल्दैनौँ, अर्को समूहले पनि ननिकालोस् भन्ने हाम्रो आशय हो, ढकालले भने।

    माओवादी केन्द्रका नाममा सञ्चालित अधिकांश खाताहरू प्रचण्ड-माधव नेपाल पक्षमा भएको बुझिएको छ । माओवादीको नाममा रहेको खातामा आर्थिक विभाग प्रमुख हरिबोल गजुरेल, तात्कालिक कार्यालय सचिव प्रह्लाद बुढाथोकी र लेखापाल एविन्द्र पराजुलीमध्ये दुई जनाको हस्ताक्षरबाट कारोबार हुने व्यवस्था छ। उता एमालेको नाममा रहेका खातामा तात्कालिक आर्थिक विभाग प्रमुख विष्णु रिमाल, कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ र लेखापाल खेमराज पौडेलमध्ये दुई जनाको हस्ताक्षरबाट कारोबार हुने व्यवस्था गरिएको थियो।रिमाल अहिले प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार छन् भने श्रेष्ठलाई प्रतिनिधिसभा विघटन भएपछि ओलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बनाएका छन्।

    फेसबुक प्रतिक्रिया