• बच्चा जन्माउन चिनमा बेचिएकी किशोरीको कथा, अधिकारकर्मीहरुलाई थप चुनौती

    २८ पुष २०७७, मंगलवार

    मेरो नाम शान्ता बान्तवा हो, अहिले म १९ बर्षकी भएँ । मेरो पहाड घर ईलाम हो भने म पढाईको सिलसिलामा मोरङ आएको थिएँ । (पिडितको गोपनियता कायम गर्न नाम, थर तथा ठेगाना परिवर्तन गरिएको छ । )


    निम्न–मध्यम आर्थिक अवस्था, पहाडको दुःख संझेर पैसा कमाएर सुःख पाउने झिनो आशा मनमा थियो । एसईई सकाएर तराई झरेर पढ्ने क्रममा मैले आफन्तको व्युटिपार्लरमा काम सिक्न थालेको थिएँ ।
    एकदिन मैले एकजना तामाङ महिला भेटेँ, उनले आफू चिनमा व्युटिपार्लरमा काम गरेको बताईन् । मलाई उनि जस्तै चिनमा गएर पार्लरमा काम गर्ने रहर मनमनै पलायो । मैले उक्त महिलाले जस्तै चिनको चलचित्रमा देखाए जस्तै सहरमा गएर पार्लरमा काम गरेको र मनग्य पैसा कमाएको कल्पना गरेँ । उक्त महिलाले मलाई ढाटेकी पो हुन् की भनेर उनलाई पार्लरमा केहि काम गर्न दिएँ र उनले राम्रैसंग काम गरेर देखाईदिईन् । म आफुपनि चिनमा जान एकदमै आशावादी भएको बताएँ र त्यसपछी उक्त महिलाले यदि जान चाहेको भए चिनको केटासंग पेपर–म्यारिज गरेर जाने र वँहा गएपछी डिभोर्स गरेर आफ्नो काम गर्ने र उक्त प्रकृयाको लागी कुनै पनि पैसा नलाग्ने बताईन् ।
    “मलाई ढुंगा खोज्दा देउता मिलेझै” भयो, म उनिसङ्ग जान राजी भैसकेकी थिएँ, सबै प्रकृयाको जिम्मा उक्त महिलाले लिईन्, नभन्दै चिनबाट एउटा अन्दाजी २५–३० बर्षको मान्छे आयो र काठमाण्डौंमा कोट–म्यारिज गरेर उक्त मान्छे संगै चिन जानको लागि म तयार भएँ ।
    त्यो बिचमा मैले कठमाण्डौंमा मेरो गाँउको दाईलाई पनि भेटेको थिएँ तर मैले उसलाई आफु पार्लरको काममा चिन जान लागेको मात्र भनेँ ।
    मैले अंग्रेजी मात्र अलि–अलि बुझ्न,े त्यो केटाले त मेरो जति पनि अंग्रेजी बोल्दो रैनछ मलाई कता–कता आफु नै बाठो–टाठो जस्तो लाग्यो, त्यै दिदीसंगै हामि चिन जानको लागि काठमाण्डौंको एयरपोर्ट छिर्यौं । हामिले बिहे गरेर चिन जान लागेको थाहा पाएर एयरपोर्टका कसैलेपनि हामिलाई केहि सोधेनन् । सायद नेपालि नबुझ्ने केटा र चाईनिज नबुझ्ने केटीको बिचमा बिहे भएर चिन जान लागेको उनिहरुलाई नौलो लागेन होला या यस्तो कुरामा उनिहरुले वास्ता गर्दैनन् वा उनिहरुले जानि–जानि हामिलाई कुनै प्रश्न नसोधेका होलान्, त्यो बिषयमा मैले सोचिन तर केहि पनि प्रश्न नगरेकोमा मनमनै खुसी भने जरुर भएँ ।
    यसरी म चिन पुगेँ, त्यो चिनको कुनै गाँउ थियो, हाम्रो गाँउ भन्दा बिकसित तर खेतिपाती गर्नुपर्ने पहाड जस्तै । मलाई एउटा घरमा पु¥याईयो, उक्त घरमा चिनिया रितीरिवाज अनुसार बिहेको तयारी गरिएको रहेछ र त्यो पेपर–म्यारिज गरेको श्रीमानको घरमा फेरि अर्को बिहे गर्नुपर्ने भयो । म अनबिज्ञ भएर आफु त यहाँ काम गर्न आएको, काम गर्ने ठाँउमा लगिदिन भन्दै यस्तो बिहे–सिहे गर्दीन भनेर त्यै एजेन्ट महिलालाई भनेँ । उनले यो सबै नाटक हो तर उनिहरुले भनेको जस्तो नगरे देखि कानुनी लफडा हुन सक्ने बताईन् । उनिहरुले भनेको मान्नु भन्दा बाहेक म संग कुनैपनि उपाय थिएन, मैले बिस्तारै थाहा पाएँ कि उनिहरुले मलाई बिहे गरेर बच्चा जन्माउनको लागि ल्याएका रहेछन् । म स्तब्ध भएँ, एकदिन मेरो श्रीमान भनाउदो त्यो चाईीनजले मलाई जवर्जस्ती आफ्नो ओच्छ्यानमा लग्यो र मलाई बलात्कार गर्यो, मैले नचाहेर पनि सम्पुर्णरुपले उसको स्वास्नी बन्नुपरेको भोगिरहेँ ।
    उनिहरुको परिवारले आफुलाई किनेर श्रीमतिको रुपमा ल्याएको र घरमा बसेर, काम गरेर बच्चा जन्माउनु पर्ने अन्यथा पुलिसलाई खबर गरेर पक्राउ गराउने धम्की दिन्थे, र म डरले चुपचाप उनिहरुको गार्डेनको काम गर्ने र यौनदासी जस्तै भएर बसिरहें । कसैसंग केहि भन्नपनि डर लाग्थ्यो, भनिहाले पनि कसैले केहि बुझ्दैनथे । सुरुसुरुमा उनिहरुले केही पैसा दिएपनी पछि पैसा पनि दिन बन्द गरे, मलाई पुलिसको डर देखाएर नभएपछी तेरो नेपालमा बेईजत गरिदिने भनेर मेरो मुख बन्द गराए, मैले केहि महिनाको बिचमा म जस्तै नेपालबाट बच्चा जन्माउनकै लागी लगिएका अरु दिदिबहिनीहरु पनि देखेँ । मलाई जस्तो त धेरैलाई हुँदोरहेछ तर डरले कोही कसैसंग केही भन्दैनथे । कति दिदिबहिनीहरु गर्भवती थिए कति बच्चाका आमा थिए, उनिहरुले आफ्नो गाँउ–घरको माया मारिसकेका जस्तै थिए । म पनि गर्भवती भएँ तर मैले थाहा पाईहालेँकि अब मैले यदि यो बच्चा जन्माएँ भने म यँहिको बन्दी हुनेछु, संयोगबस मेरो गर्भ खेर गयो, त्यतीखेर मैले आफुले आफुलाई चिन्न नसक्ने भैसकेको थिएँ, म बिना कारण तर्सन,े डराउन, रिसाउने गर्ने गर्थेँ, मेरो मानशिक अवस्था राम्रो थिएन । कैलेकाही नेपालमा आमासंग कुरागर्दा पनि दुःखका कुरा भन्न सक्दैनथेँ । तर एकदिन भागेर म नेपाल एम्बेसी सम्म पुग्न सफल भएँ । एम्बेसीले केहिदिन राखेर मलाई बिभिन्न संस्थाहरु संग समन्वय गरि नेपाल पठाईदियो । मलाई धेरैजना दिदिबहिनीले तिम्रो राम्रो भयो भने हामिलाई पनि नेपाल लैजाने व्यवस्था मिलाउन भन्देउ न है भनेका छन् । तर मलाई मेरो गोपनियता भंग हुन्छकि भन्ने ठुलो डर छ, मेरो यस्तो बास्तविकता मेरा परिवार र आफन्तले थाहा पाए भने मैले त मरे पनि हुन्छ । त्यसैले संस्थामा बस्न म असमर्थ भएर छिटोभन्दा छिटो म आफ्नै गाँउमा जान चाहन्छु र म मनै देखि बलियो भएपछी अरु महिलाहरुको ठेगाना पनि दिनेछु । (शक्ति समुहको आवास गृहमा बसेका बखत परामर्षका क्रममा भएको कुराकानी)

    यी किशोरी शक्ति समुहमा बस्न मानिनन् र पछी सम्पर्कमा आउन समेत मानिनन् । मनोसामाजिक स्वास्थको अवस्था समेत राम्रो नभएको किशोरीमा चिढचिढापन देखिएको थियो । सुरुवातमा उनले आफ्नो बारेमा नाम समेत बताउन ईन्कार गरेकि थिईन् तर पछि चरिमाया तामांग, बालकुमारी दर्लामी संगको बसाई पछी उनले बिस्तारै आफ्ना बिषयमा खोलेकी हुन् ।


    सयौंको संख्यामा चिनमा भाडाको आमा बन्न या बिवाहका नाँउमा हुने बेचविखन भैरहेको हुन सक्ने तर यो संख्या अनुमान मात्र भएको महिला तथा बालबालिका बेचविखन बिरुद्धको सहकर्मी समुह नेपाल (एटविन) का कार्यकारी संयोजक बेनुमाया गुरुंग बताउछिन् । ति किशोरीले कुनै पनि कुरा नसाट्नु अभियानकर्ताको लागी चुनौती बनेको गुरुंगको भनाई छ ।
    सामाजिक संस्थाहरुको (एनजिओ) सक्रृयता चिनमा नहुदा यस्ता बिषयमा खोजी, उद्धार तथा स्वदेशफिर्ती गर्न समस्या हुने हुँदा समस्यामा परेका महिलाहरुको उद्धार तथा स्वदेशफिर्तीको लागी नेपाल सरकारलाई पहल गर्न उनले पहल समेत गरेकी छिन् ।
    शक्ति समुहकी संस्थापक चरिमाया तामांग भन्छिन्, चिन कोरिया लगायतका बिहेका लागी बेचविखन भएका महिलाका बिषयमा थप जानकारी पाउन सकिएको अवस्था छैन, केहि समय अघि म्यारिज ब्युरोको एउटा ¥याकेट पक्राउ समेत परेको थियो तर यो मात्र पर्याप्त हैन, बिहे गरेर चिन जानेहरुको तथ्यांक र अवस्था थाहा पाउनु नेपाल सरकारको दायित्व हो ।

    फेसबुक प्रतिक्रिया