• टुट-फुटको राजनीतिका बिचमा राष्ट्रिय एकता दिवस, प्रधानमन्त्रीको ट्विट, राप्रपा र प्रहरीबिच झडप

    २७ पुष २०७७, सोमबार


    आज पौष २७ गते २९९ औं पृथ्वी जन्मजयन्ती, एकातिर प्रधानमन्त्री
    केपी शर्मा ओली ट्विट गर्दै पृथ्वीनारायणको योगदान अतुलनीय रहेको बताउदै गर्दा पृथ्वीनारायण शाहको २९९ औं जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपाले निकालेको ¥यालीका क्रममा प्रहरीले लाठिचार्ज गरेको छ ।
    भद्रकालीमा प्रहरी र र्यालीका सहभागीहरुबीच झडप भएको हो । र्यालीको नेतृत्व गरेका राप्रपाका अध्यक्ष पशुपति शमशेर राणामाथि पनि प्रहरीले बल प्रयोग गरेको छ । प्रहरीले राणालाई धकेली सडक पेटीमा ल्याउन खोजेपछि राप्रपाका कार्यकर्ता प्रहरीमाथि जाइलागेका थिए ।
    बाजागाजासहित ¥यालीमा सहभागीहरु मुल सडकमा हिँडेपछि प्रहरीले पैदलयात्रीको बाटोतर्फ जान आग्रह गरेको थियो ।
    तर, र्यालीका सहभागीहरु मूल सडकबाटै प्रहरीविरुद्ध नारा लगाउँदै सिंहदरबारको पश्चिम गेट नजिक रहेको पृथ्वीनारायण शाहको शालिकसम्म पुगेका थिए ।

    यस्तै नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ट्विट गर्दै उक्त बल प्रयोगको निन्दा गरेका हुन् ।
    पृथ्वी जयन्तीको कार्यक्रममा सरकारले गरेको हस्तक्षेप निन्दनीय छ, उनले लेखेका छन् ।
    त्यस्तै, उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई इतिहासका गौरवहरु पनि भारी हुन पुगेको भन्दै आलोचना गरेका छन् । ‘स्टालिनको सपना जागृत भएको समयमा यहाँलाई अब इतिहासका गौरवहरु पनि भारी भएका हुन् रु’ उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका छन् ।

    फेसबुक प्रतिक्रिया