• सामाजिक लेखा परिक्षणः बर्ष भरिको कार्य-समिक्षा गर्दै शक्ति समुह

    २७ पुष २०७७, सोमबार



    बर्षभरी सम्पन्न भएका कार्यक्रमहरुको सामाजिक लेखा परिक्षण कार्यक्रम शक्ति समुहले सम्पन्न गरेको छ ।

    कोरोनाको त्रासले मानव बेचविखन बिरुद्धको अभियानलाई ठुलो हानीः चरिमाया तामांग


    गत बर्ष सन २०२० भरि शक्ति समुहको १४ वटा कार्य क्षेत्र रहेका जिल्लाहरुमा सम्पन्न भएका रोकथाम, संरक्षण, क्षमता विकास तथा बकालत लगायतका सवालगत क्षेत्रमा सम्पन्न गरेका कार्यक्रमहरुलाई सरोकारवाला, दातृ निकाय, पत्रकारहरुका बिचमा उक्त कार्यक्रम भएको हो ।
    कार्यक्रममा शक्ति समुहका कार्यकारी निर्देशक बालकुमारी दर्लामीले प्रगती प्रतिवेदन तथा शक्ति समुहका बित्त प्रमुख सिद्धार्थ ओझाले आर्थिक लेखा प्रतिवेदन प्रस्तुत गरे भने कार्यक्रम संस्थाका संस्थापक चरिमाया तामांगको सभाधक्ष्यतामा भएको थियो । कार्यक्रममा बोल्दै तामांगले सन २०२० मा कोरोनाको माहामारी जस्तो अवस्थाले मानव बेचविखन बिरुद्धको अभियानलाई झनै असहज बनाएको बताईन् ।
    सामाजिक लेखा परिक्षण कार्यक्रममा शक्ति समुहका सदस्य, कार्यसमिती सदस्य, सल्लाहकार समितीका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

    महिला तथा बालबालिका बेचविखन बिरुद्ध सहकर्मी समुह एटविनका कार्यकारी निर्देशक बेनुमाया गुरुंङ


    हरेक खबर संग छुट्टै कुरा गर्दै महिला तथा बालबालिका बेचविखन बिरुद्ध सहकर्मी समुह (एटविन)का कार्यकारी निर्देशक बेनुमाया गुरुंङले कोरोनाका कारण आन्तरिक बेचविखनको अवस्था भयाभह बनेको र जोखिमता झनै बढेको बताईन् । बिवाहको नाँउमा चिनमा बच्चा जन्माउनका लागि भैरहेको बेचविखन र चिनमा जोखिमपुर्ण अवस्थामा रहेका नेपाली महिलाहरुलाई उद्धार र स्वदेशफिर्ती गराउन नेपाल सरकारले तत्काल कदम चाल्नुपर्नेमा उनको जोड थियो ।(मानव बेचविखन प्रभावितहरुको राष्ट्रिय सञ्जालकी संयोजक तथा शक्ति समुहको अध्यक्ष चरिमाया तामांग तथा एटविनका कार्यकारी निर्देशक बेनुमाया गुरुंङ संगको बिशेष कुराकानी हरेक खबरमा छुट्टै प्रकाशन हुदैछ । )

    फेसबुक प्रतिक्रिया