• बढ्यो काठमाण्डौंमा चिसो, जुम्लामा हिमपात

    २० पुष २०७७, सोमबार


    काठमाण्डौमा चिसो बढेको छ, जनजिवन प्रभावित भएको छ । बिहान सिमसिम पानि परेको काठमाण्डौमा बिहानैदेखि घाम लागेको छैन ।
    हाल पश्चिमी वायुमा विकसित भएको निम्नचापीय प्रणालीको प्रभावका कारण देशका धेरैजसो भूभागहरूमा बदली, वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यो प्रणाली पुस २२ गते ९बुधबार० देखि कमजोर हुँदै जाने पूर्वानुमान छ ।

    मौसमविद श्रेष्ठका अनुसार अनुसार काठमाडौं उपत्यकासहित धेरैजसो पहाडि जिल्लाहरुमा हल्का पानी परेको छ । उच्च पहाडी र हिमाली जिल्लाहरुमा हिमपात पनि भएको छ ।

    पानी परे पनि काठमाडौं उपत्यकामा अघिल्लो दिनको तुलनामा न्यानो महसुस भएको छ । आज बिहानको न्यूनतम तापक्रम ११ डिग्री सेल्सियस मापन भएको मौसमविद श्रेष्ठले बताए ।

    बादल लाग्दा ब्ल्यांकेटको रुपमा काम गर्ने र जमिनको तातो वाफ वायुमण्डलमा जान नपाउने हुँदा न्यानो महसुस हुने मौसमविदहरु बताउँछन् ।
    उता जुम्लामा हिमपात शुरु भएको छ । जुम्लाको उच्च हिमाली क्षेत्रमा एक फिट हिउँ परेको छ भने गहिरो स्थानमा सामान्य जमेको देखिएको छ । डाडाँकाडा सेप्ताम्बे भएका छन् ।
    हिँउ परेपछि चिसो बढ्नुका साथै जनजीवन प्रभावित भएको छ । रातभर समान्य पानी परेको जुम्ला सदरमुकाममा पानी परेसँगै हिँउ जमेको हो । यस वर्ष मंसिरमा समान्य हिउँ परे पनि खासै हिउँ परेको थिएन । मौसम पनि चिसो भएका कारण हिउँ धेरै पर्नसक्ने स्थानीय जनाउछन । हिमपातका कारण भने हवाई यातायात प्रभावित भएको छ ।जुम्ला विमानस्थलमा जहाज बस्न नसकेको नागरिक उडान प्राधिकरणले जनाएको छ ।

    यसैगरी एक हप्तादेखि नै जुम्लामा चिसो बढ्दै आएको छ । अहिले जुम्लाको तापक्रम माइनसबाट शून्यमा उक्लेको जल तथा मौसम विज्ञान कार्यालयले जानकारी दिएको छ । जल तथा मौसम विज्ञान कार्यालयले प्रमुख आशामपुरा कार्कीका अनुसार आइतवार न्यूनतम माइनस ३ दशमलप ८ डिग्री रहेको तापक्रम बादल र हावा कम भएपछि शून्य दशमलव ६ रहेको जानकारी दिए ।


    फेसबुक प्रतिक्रिया