• अमेरिकामा नयाँ कोरोनाभाइरसका पहिलो बिरामीको पुष्टि

    १५ पुष २०७७, बुधबार

     संयुक्त राज्य अमेरिकाको कोलोराडोमा नयाँ कोरोनाभाइरसका पहिलो बिरामीको पुष्टि भएको छ । बेलायतबाट सुरु भएको नयाँ भाइरस सार्स–कोभ–२ भन्दा बढी सङ्क्रामक हुँदा दर्जनौं राष्ट्रले बेलायत यात्रामा प्रतिबन्ध लगाएको छ ।
    कोलोराडोमा पुष्टि भएका सङ्क्रमितको उमेर करिब २० वर्ष रहेको छ । स्वास्थ्य विभागले उनको कुनै यात्रा वृत्तान्त नरहेको जनाएको छ । राज्यका गर्भनर जैरेड पोलिसले आइसोलेशनमा रहेका बिरामीमा कोरोनाभाइरसको सङ्क्रमण फैलिएको स्रोतबारे अनुसन्धान भइरहेको उल्लेख भएको छ । अमेरिकामा नयाँ भाइरसबाट सङ्क्रमित भएको यो पहिलो घटना दर्ता गरिए पनि रोग नियन्त्रण तथा उन्मूलन केन्द्रले नयाँ कोरोनाभाइरसको सङ्क्रमण फैलिसकेको हुन सक्ने दाबी गरेको छ ।
    नयाँ कोरोनाभाइरसको सङ्क्रमण दक्षिण कोरिया, जापान, स्पेन, अष्ट्रेलिया र क्यानाडासहित कम्तीमा १७ राष्ट्रमा पुगेको द् गार्जियनले उल्लेख गरेको छ ।
    अमेरिकामा कोरोनाभाइरस सङ्क्रमितको संख्या करिब एक करोड ४६ लाख पुगेको छ ।

    फेसबुक प्रतिक्रिया