• अष्ट्रेलियाका डेभ व्हाटमर नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक नियुक्त

    ३ पुष २०७७, शुक्रबार

    अष्ट्रेलियाका डेभ व्हाटमर नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक नियुक्त भएका छन् । नेपाल क्रिकेट संघका महासचिब अशोक नाथ प्याकुरेलले व्हाटमोरलाई जनवरी १, २०२१ देखि लागू हुने गरी प्रमुख प्रशिक्षकको रुपमा नियुक्त गरिएको जानकारी दिएका छन् ।
    नेपाली क्रिकेट टोलीका प्रमुख प्रशिक्षक नियुक्त भएपछि डेभ व्हाटमरका ब्यवस्थापक कौस्तभ लहिरीले डेभ नेपाली क्रिकेटको स्तर उकास्न र प्रमुख प्रशिक्षकको चुनौतीपूर्ण जिम्मेवारी वहन गर्न तत्पर रहेको प्रतिक्रिया दिएका छन् ।
    नेपाल क्रिकेट संघ९क्यान०ले करिब तीन महिना अघि प्रमुख प्रशिक्षक, महाप्रबन्धक, क्रिकेट ब्यवस्थापक, प्रमुख आर्थिक अधिकृत लगायतका पदको लागि विज्ञापन गरेको थियो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल९आईसीसी०सँगको अनुमतिमा पदपूर्ति गर्नुपर्ने भएकोले प्रकृया लम्बिन पुगेको थियो ।
    यसअघिका प्रमुख प्रशिक्षक उमेश पटवाल गत् माघ महिनामा राजिनामा गरेपछि प्रमुख प्रशिक्षक पद रिक्त रहेको थियो । प्रमुख प्रशिक्षकका लागि गरिएको आवेदन आव्हानमा विश्वभरिबाट करिब ७७ जनाले आवेदन दिएका थिए । जसमध्ये दक्षिण अफ्रिका अलराउण्डर लान्स क्लुजनर, भारतका चेतन चौहान र श्रीलङ्काका पुबुदु दसानायके थिए। क्यानले अन्तिम तीन जनाको नाम सिफारिश गर्दा व्हाटमर, दसानायके र भारतीय एकजनालाई क्यान समक्ष सिफारिश गरेको थियो । क्यानले तीनजनामध्ये व्हाटमरलाई प्रमुख प्रशिक्षक नियुक्त गर्न क्यानलाई सिफारिशसहित अनुमति प्रदान गरेको छ । आईसीसीसँगको समन्वयमा क्यानले जनवरी एक देखि लागू हुने गरी एकवर्षका लागि व्हाटमरलाई प्रमुख प्रशिक्षक नियुक्त गरेको हो ।

    फेसबुक प्रतिक्रिया