• २६ बर्ष देखी भरिया, भरियाका आदर्श ‘ढकाल दाई’

    १ पुष २०७७, बुधबार


    कतै ‘राजा आउ’को नारा, कतै उधारो उखुको ब्यथा, कतै अध्यादेशको चर्को टिका-टिप्पणी, तर यी सबै कुरा बारे बेखबर छन् ढकाल दाई ।


    भारी बोकेरै फुर्सद नहुने आम मजदुर ढकाल दाईलाई यी सब सुन्ने फुर्सदै कहा छ र ? अन्दाजी ५० बर्षका ढकाल दाईलाई नाम सोध्यो भने ‘ढकाल दाई’ भन्छन् । उनको वास्तविक नाँउ करुणा ढकाल, उमेर अन्दाजी ५० बर्ष, करिब २६ बर्ष भयो उनले भारी बोक्न थालेको ।
    ढकाल भन्छन्, ‘भारी बोकेको २६ बर्ष भयो, १०औ हजार भारी बोकेँ हुँला, के-के बोकेँ पत्तो छैन तर यही भारी बोकेर परिवारको भारी बोकिरहेको छु, छोराछोरी पढाएको छु, एउटा घडेरी जोडेको छु’ उनले एकै स्वासमा भारीको मुख कस्दै बताए । न्युरोडमा भेटिएका ढकाललाई अरु कुरा गर्ने फुर्सदै कहाँ थियोर ।उनले सिधा भाषामा बेवास्ता संग भने, ‘मलाई अरु नसोध्नोस, थाहा छैन , तर तपाँईको भारी यो भरियाको काँधबाट हराउदैन ढुक्क हुनोस ।’


    हुनपनि उनि अफिसियल भरिया हुन्, उनको सम्पर्कमा लामो समय देखी धेरै ब्यापारीहरु छन्, ट्रान्सपोर्टमा सम्पर्क छ, आफ्नै सानो गाडी समेत राखेका छन् तर उनि आफैँ भारी बोक्छन् ।
    ‘जानेको काम गर्न के को सरम हैनर हजुर !’ उनी आफै प्रतिप्रश्न गर्छन् ।
    सयौँ-हजारौको संख्यामा भरीया काम गर्नेका आदर्श हुन् ढकालदाई तर उनलाई समुह-सञ्जालको नेता बनेर बोझ बोक्नु छैन, ‘आफ्नै भारीको बोझ त गरुको भएको बेलामा भो यस्ता ठृुला कुरा नगर्नोस ।’ उनी भारी बोकेर दगुर्न ब्यस्त भए ।

    फेसबुक प्रतिक्रिया